२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रथि सिग्देलको उमेर विवादबारे रक्षामन्त्री र प्रधान सेनापतिले जवाफ दिनुपर्छ: प्रभु साह



अ+ अ-

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाली सेनाका रथि अशोकराज सिग्देलको उमेर विवादको सम्बन्धमा प्रधान सेनापति प्रभुराम शर्मासँग जवाफ माग गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै अध्यक्ष साहले नेपाली सेनाको आगामी नेतृत्वको रुपमा लिइएका रथि सिग्देलको उमेर विवाद रहेको भन्दै यस सम्बन्धमा प्रधानसेनापतिको जवाफ माग गर्नुभएको हो । उहाँले नेपाली सेनाको छवि निस्कलंकित, निर्विवादित र उदाहरणीय हुनुपर्ने भएपनि रथिको उमेर विवादले नेपाली सेनाको छविमाथि आँच पुर्‍याएको बताउनु भयो । उहाँले रथिमाथि प्रश्न उठ्दा प्रधानसेनापति र रक्षामन्त्री चुप लागेर बस्न नमिल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपालीले गौरव गर्ने नेपाली सेनाको छवि निस्कलंकित हुनुपर्छ । निर्विवादित हुनुपर्छ । उदाहरणीय हुनुपर्छ । दुनियाँले नेपालको गौरव गराउने नेपाली सेनाको छविमाथि आँच पुर्‍याउने जसले जुन ढंगले हर्कत गरेका छन्, त्यो सकारात्मक होइन । यसरी विवादित कुराहरु बाहिर आइराख्दा सम्बन्धित निकायले किन स्पष्ट गर्दैन ? हामी जान्न चाहन्छौँ । माननीय रक्षामन्त्रीको जवाफ चाहन्छौँ । यसरी देशको सम्मानित संस्थाको नेतृत्वमाथि यसरी प्रश्न उठिराख्दा तपाई चुप लाग्न मिल्दैन । समाचारको कुरा सुन्ने हो भने प्रधानसेनापतिले अशोकराज सिग्देलको बारेमा संसदीय समितिको सुनुवाईमा उहाँले जो कुरा बोलिराख्नु भएको थियो आज पत्रपत्रिकाले पुरै प्रमाणसहित खण्डन गरिराख्दा सेनापतिजीले केही बोल्नुपर्छ कि पर्दैन ? सेनापतिको नैतिक जिम्मेवारी हुनुपर्छ कि पर्दैन ? नेपाली सेनाको इमेजमाथि जसरी प्रश्न उठिरहेको छ, नेपालीहरुको इमेजको प्रश्न हो । सेनाहरुको मनोबलको प्रश्न हो । यसरी विषयहरु आइदिने सकारात्मक होइन । जे छ त्यो विषय स्पष्ट आउनु जरुरी छ ।’

उहाँले रथि सिग्देलको उमेर विवादबारे स्पष्ट कुरा आउनुपर्ने बताउनु भयो ।




भर्खरै