२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित सबैभन्दा सफल कप्तान, तोडे बाबर आजमको कीर्तिमान



अ+ अ-

एजेन्सी । भारतीय टोली टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भारत तेस्रो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा पुगेको हो ।

योसँगै रोहित शर्मा ४९ खेल जितेर विश्वकै सर्वाधिक सफल टी–२० कप्तान बनेका छन् । उनले पाकिस्तानका बाबर आजम (४८ जित)लाई पछाडि छोडे ।

गुयानाको प्रोभिडेन्स स्टेडियममा बिहीबार भएको खेलमा भारतले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएपछि इंग्लिस टोली १६.४ ओभरमा १०३ रनमा अलआउट भयो ।

यो खेलमा भारतीय कप्तान रोहित शर्माले ३९ बलमा ५७ रनको इनिङ खेले । उनले ४ चौका र २ छक्का प्रहार गरे । रोहितले १४६.१५ को स्ट्राइक रेटमा ब्याटिङ गरे । रोहित टी–२० विश्वकपमा सर्वाधिक चौका प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । यति मात्र होइन, उनी आईसीसी प्रतियोगिताको नकआउट खेलका शीर्ष ६ हिटर पनि बनेका छन् ।

रोहितको नाममा ११३ चौका छन् । उनले श्रीलंकाका पूर्व ब्याट्सम्यान महेला जयवर्धनेको कीर्तिमान तोडेका छन् । यस प्रतियोगितामा जयवर्धनेको नाममा १११ चौका छन् । यो लिस्टमा तेस्रो नाम विराट कोहलीको छ । कोहलीले टी–२० विश्वकपमा १०५ चौका प्रहार गरेका छन् ।