७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

अनेरास्ववियु केक १,०९९ सदस्यीय: स्ववियु निर्वाचनको वातावरण बनाउन आग्रह

अनेरास्ववियु केक १,०९९ सदस्यीय: स्ववियु निर्वाचनको वातावरण बनाउन आग्रह
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले केन्द्रीय सदस्य विस्तार गरेको छ । यही पुस १० देखि १२ गतेसम्म काठमाडाँैमा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य सङ्ख्या एक हजार ९९ पुर्याएको हो ।  बैठकबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका संयोजक ऐन महरले अनेरास्ववियुको अन्तरिम विधान संशोधन गरी केन्द्रीय सदस्य सङ्ख्या  एक हजार ९९ पुर्याइएको बताउनुभयो । 

यस्तै बैठकले समसामयिक राजनीतिक र शैक्षिक प्रस्ताव तथा साङ्गठनिक कार्ययोजनासमेत पारित गरेको छ । बैठकले यही पुस १९ गते  काठमाडौँमा भेला गर्ने, २२ गते ७७ वटै जिल्लामा जिल्लास्तरीय भेला र जिल्ला सम्मेलन आयोजक कमिटी गठन गर्ने तथा २५ गते सबै विश्वविद्यालय एकाइको बैठक÷भेलाको आयोजना गर्ने भएको उपाध्यक्ष सुनिता बरालले जानकारी दिनुभयो । बैठकले कोरोना भाइरसका कारण लामो समयदेखि अवरुद्ध शिक्षा प्रणाली र शैक्षिक सत्रलाई तत्काल शुरु गर्न सरकारसँग आग्रह गरेको छ ।

बैठकले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने वातावरण बनाउन सबै विश्वविद्यालय र  सरकारसँग आग्रह गरेको उपाध्यक्ष बरालले जानकारी दिनुभयो । बैठकले निर्वाचनका लागि वातावरण बनाउन अन्य सहकर्मी सङ्गठनसमक्ष आग्रह गर्ने निर्णय पनि गरेको छ ।  त्रिभुवन विश्वविद्यालयमा आठ वर्षदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्नसमेत सरकारसँग आग्रह गरिएको छ । प्रतिनिधिसभा विघटन भई आगामी २०७८ साल वैशाखमा निर्वाचनको मिति घोषणा भइसकेको र मुलुक निर्वाचनउन्मुख भइसकेकाले सबै मातहत कमिटी र सम्पूर्ण सङ्गठनको पङ्क्तिलाई एक ढिक्का भएर निर्वाचनको केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुन आह्वान गर्दै सबै राजनीतिक दललाई निर्वाचनको अभियानमा स्वस्थ बहस र प्रतिस्पर्धाका साथ सहभागी भई लोकतान्त्रिक प्रणालीलाई सुदुढ गर्न अनुरोध गरेको छ । 

बैठकले कोभिड–१९ को महामारीबाट प्रभावित निजी र सार्वजनिक क्षेत्रलाई राहत र पुनस्थापनाका कार्यक्रम उपलब्ध गराएर आर्थिक पुनरुत्थान गर्न, रोजगारी गुमाई फर्किएका युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन र महामारीका कारण जनतामा गरीबी र अभावको थप मार पर्न नदिनका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।