• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

साउदी अरबका लागि राजदूतमा सिफरिस गरिएका अबुसुफ्यान खान बिरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी



काठमाडौं । सरकारले एक साता अघि ८ देशका लागि राजदूत सिफारिस गरेको छ । राजदूत सिफारिस गरिएका ८ मध्ये एमालेबाट ५, जनता समाजवादी पार्टीका दुई र माओवादीका एक जना छन् ।

दक्षिण कोरियाका लागि सिफारिस गरिएका मानवअधिकारवादी सुशील प्याकुरेलले उक्त पद अस्वीकार गर्नुभएको छ भने साउदी अरबका लागि सिफारिस गरिएका अबुसुफ्यान खान मुसलमान बिरुद्ध प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उजुरी परेको छ ।

उजुरीमा साउदी अरबका लागीअबुसुफ्यान खान मुसलमानलाई राजदूत सिफारिस गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै असहमति व्यक्त गरिएको छ । उजुरीमा अबुसुफ्यानले नेपाल र विदेशमा रही विभिन्न अवैधानिक गतिविधी गर्दै आएको दाबी गरिएको छ । उजुरीमा भनिएको छ सुफियान बैदेशिक रोजगार व्यवसायी रहेको र नेपाल र भारत दुबै देशको नागरिकता रहेको दाबी गरिएको छ ।

उनि बिरुद्ध भारतका बिभिन्न अदालतमा मुद्दा बिचाराधीन रहेको दाबी गरिएको छ । साथै साउदी अरब र दुवहीमा समेत गैरकानूनी कारोबारमा सग्लन रहेको कुरा उजुरीमा उल्लेख छ । उजुरीमा नीजलाई राजदूतका रुपमा पठाउदा देशको प्रतिष्ठामा नै आँच पुग्ने हुदाँ पुन बिचार गर्न पनि आग्रह गरिएको छ ।