काठमाडौं । सरकारले एक साता अघि ८ देशका लागि राजदूत सिफारिस गरेको छ । राजदूत सिफारिस गरिएका ८ मध्ये एमालेबाट ५, जनता समाजवादी पार्टीका दुई र माओवादीका एक जना छन् ।
दक्षिण कोरियाका लागि सिफारिस गरिएका मानवअधिकारवादी सुशील प्याकुरेलले उक्त पद अस्वीकार गर्नुभएको छ भने साउदी अरबका लागि सिफारिस गरिएका अबुसुफ्यान खान मुसलमान बिरुद्ध प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उजुरी परेको छ ।
उजुरीमा साउदी अरबका लागीअबुसुफ्यान खान मुसलमानलाई राजदूत सिफारिस गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै असहमति व्यक्त गरिएको छ । उजुरीमा अबुसुफ्यानले नेपाल र विदेशमा रही विभिन्न अवैधानिक गतिविधी गर्दै आएको दाबी गरिएको छ । उजुरीमा भनिएको छ सुफियान बैदेशिक रोजगार व्यवसायी रहेको र नेपाल र भारत दुबै देशको नागरिकता रहेको दाबी गरिएको छ ।
उनि बिरुद्ध भारतका बिभिन्न अदालतमा मुद्दा बिचाराधीन रहेको दाबी गरिएको छ । साथै साउदी अरब र दुवहीमा समेत गैरकानूनी कारोबारमा सग्लन रहेको कुरा उजुरीमा उल्लेख छ । उजुरीमा नीजलाई राजदूतका रुपमा पठाउदा देशको प्रतिष्ठामा नै आँच पुग्ने हुदाँ पुन बिचार गर्न पनि आग्रह गरिएको छ ।