११ असार २०८३, बिहीबार
,
Latest
जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचन : राप्रपा प्रदेश नं १ मा मात्र मतदानमा सहभागी हुने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश नं १ मा बाहेक अन्य प्रदेशमा राष्ट्रियसभाको निर्वाचनको मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले प्रदेश नं १ मा पार्टीका उम्मेदारहरु अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरुलाई मतदान प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले अन्य प्रदेशमा पार्टीका तर्फबाट कोही पनि उम्मेदवार नभएकाले मतदान प्रक्रियामा सहभागी नहुन पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरुलाई निर्देशन दिइएको पार्टीका महामन्त्री भुवन पाठकले एक विज्ञप्ति जारी गरी बताउनुभएको छ ।