२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग

नयाँ वर्षलाई “उपचारात्मक वर्ष” बनाउन राष्ट्रसंघको आह्वान

नयाँ वर्षलाई “उपचारात्मक वर्ष” बनाउन राष्ट्रसंघको आह्वान
अ अ+ अ-

संयुक्त राष्ट्रसंघ । कोरोनाभाइरसका कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ ।  राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देश मार्फत् आह्वान गरेका हुन् । नयाँ बर्षको अवसरमा शुभकामना सन्देश सहितको भिडियो सन्देशमा उनले महामारीका विरुद्धमा सँगसगै लड्नु पर्नेमा जोड दिएको छ । 

आउनुहोस्, शान्ति स्थापनाका लागि सँगसगै काम गरौँ, सहकार्य गरौँ र अबरोध तथा समस्याहरुको सामना पनि गरौँ, उनले भिडियोमा भनेका छन् । सन् २०२० भरी कोरोनाभाइरसको महामारी चलेकाले सन् २०२१ मा यो महामारीबाट मुक्त भइसक्ने गरी काम गर्नु पर्नेमा उनले जोड दिएका छन् । 

कोरोनाभाइरसका कारण अहिलेसम्म संसारभरी १७ लाख ८३ हजार १०० भन्दा बढीको मृत्यु भएको छ भने आठ करोड १७ लाख ३५ हजार भन्दा बढी सङ्क्रमित भएका छन् ।