२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकपको फाइनलमा



अ+ अ-

काठमाडौँ । दक्षिण अफ्रिका टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा पुगेको हो ।

अब दक्षिण अफ्रिकाले उपाधिका लागि आज हुने इंग्ल्याण्ड र भारतबीचको विजेतासँग शनिबार खेल्नेछ ।

अफगानिस्तानले दिएको ५७ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा ९ विकेटको क्षतिमा भेट्टायो । उसका लागि रिजा हेन्ड्रिक्स २९ रन तथा एडियन मार्करम २३ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमै अलआउट भयो । उसका लागि अजमुतल्लाह ओमारजाईले १० रन जोड्दा अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

दक्षिण अफ्रिकाका बलरसामु अफगानिस्तान निरिह बन्यो । मार्को यानसन र तबरिज शम्सीले ३–३ विकेट लिए भने कागिसो रबाडा र एन्रिच नोर्ख्याले २–२ विकेट लिए ।