१७ श्रावण २०८३, आईतवार
,
Latest
ब्रड पिक हिम पहिरो : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनेबारे इप्पानको काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न ‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त नयाँ पुस्ताले अग्रजको योगदान र इतिहासको सम्मान गर्न नसक्नु लज्जास्पदः पूर्वप्रधानमन्त्री नेपाल श्रावण २४ मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने विविधताबीचको एकता नै राष्ट्रिय एकताको आधार: पूर्व राष्ट्रपति भण्डारी चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ



अ+ अ-

काठमाडौँ । अभिनेता तथा निर्माता दीपकराज गिरीले एक टेलिभिजन कार्यक्रमको पछिल्लो एपिसोडमा उठाइएको विषयप्रति कटाक्ष गरेका छन् ।

कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’मा कार्यक्रमकी सञ्चालिकाले सोधेको प्रश्न र अतिथि अभिनेत्रीहरु स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको जवाफलाई लिएर अहिले सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।

यसै विषयमा गिरीले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन् । उनले ‘वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ’ भन्दै हिन्दीमा एक स्टाटस लेखेका छन् – बार्ता से डर नहीं लगता है साहेब !
अन्तरवार्ता से डर लगता है !!

टिभी कार्यक्रममा आफ्नो व्यक्तिगत विषय उठाइएको भन्दै अभिनेत्री जसिता गुरुङले आपत्ति जनाइसकेकी छन् ।

यस्तै, उक्त टिप्पणीलाई लिएर अभिनेत्री स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले माफी मागिसकेका छन् भने अभिनेता अनमोल केसी पनि जसिताको पक्षमा उभिएका छन् ।

यो पनिः ‘इट्स माई शो’ विवादमा सुरजसिंह ठकुरीले भने– ‘मेरो २३ वर्षको समर्पण, ब्रान्ड ध्वस्त भयो’