७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

भृकुटीमण्डपबाट तीन नेताको हुँकार- संसद पुनःस्थापना नभए देशमा आँधी आउँछ

भृकुटीमण्डपबाट तीन नेताको हुँकार- संसद पुनःस्थापना नभए देशमा आँधी आउँछ
अ+ अ-

काठमाडौं। अघिल्लो साताको आइतबार ठीक १० दिनअघि संसद विघटन गरेका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीलाई आज नेकपाकै (प्रचण्ड–माधव) पक्षका नेतात्रयले गणतन्त्र विरोधी भनेर आरोप लगाएका छन् । यतिमात्र होइन नेकपा विभाजन हुनुअघि पनि ओली इतरको समूहमा रहेका तीन नेताले आज ओलीलाई संविधानलाई नै बलात्कार गरेको सम्मको आरोप लगाएका थिए ।

आज भृकुटीमण्डमा आमसभा गरेर उनीहरुले बालुवाटार तिर फर्केर भने, यदि ओलीले विघटन गरेको संसद पुनस्र्थापना नगर्ने हो भने देशमा आँधी आउन सक्छ । उनीहरुले वैशाखमा चुनाव नहुने भन्दै चुनाव हुने भ्रम नपाल्न पनि ओली र उनको समूहका सबै नेता कार्यकर्ताहरुलाई चेतावनी दिएका थिए। 

संसद् विघटनविरुद्ध राजधानी काँठमाडौंमा मंगलबार आयोजना गरिएको विरोधसभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले नेकपाको स्पष्ट बहुमत रहेको छँदाखाँदाको संसद यसको कम्तीमा पनि दुई वर्ष कार्यकाल बाँकी छँदै विघटन गर्नु ओलीको घोर दक्षिणपन्थी काम भएको बताएका थिए । 

उनीहरुले अहिले नै दुई तिहाइ बहुमत निकटको संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले वैशखमा चुनाव गराउँछन् भन्नेमा कुनै पनि विश्वास नगर्न नेकपाका नेता कार्यकर्ताहरु मात्र होइन कि प्रमुख विपक्षी दल नेपाली काँग्रेसलाई पनि सचेत गराएका थिए । 

उनीहरुको आलोचनाको मुख्य पात्र प्रधानमन्त्री नै थिए । तीनै जना नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचनामा समय खर्चिएका उनीहरुले प्रधानमन्त्री ओलीकै कारण देश भड्खालोमा फसको भन्दै ओलीले गरेको गल्ती सच्याउन दबाब दिने उद्देश्यले सडकमा आएको बताए ।

अध्यक्ष प्रचण्डले यदि संसद पुनस्र्थापना नगर्ने हो भने अर्को चरणको विरोधका कार्यक्रमको सामना गर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिए । उनले त्यसका लागि तयार रहनसमेत प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका छन्। वैशाखमा चुनाव पनि नहुने र वैशाखपछि ओली पनि प्रधानमन्त्री नरहने उनीहरुले बताएका थिए । 

सो समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको विघटन आफूहरुलाई स्वीकार्य नहुने बताए। उनले संविधानको भावना विपरीत गरिएको प्रतिनिधिसभा विघटनको कदम कुनै पनि हालतमा स्वीकार्य छैन भने । 

अर्का वरिष्ठ नेता झलनाथ खनालले जननिर्वाचित संस्था विघटन गरेर सरकारले मुलुकमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाए। ‘मुलुकको समृद्धिको बाधक नै ओली रहेको बताएका थिए । 
सो विरोध सभामा तिनै जना नेताको एक स्वर थियो, विघटित संसद पुनस्र्थापना नभए देशमा आँधी आउँछ, आन्दोलनको आँधीबेहरी आउँछ, त्यसलाई कसैले रोक्न र छेक्न सक्दैन ।