• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता: रमेशलाई स्वर्ण ★   गगनलाई गृहमन्त्री लामिछानेको चुनौतिः सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिनुस् राजनीति छोडिदिन्छु ★   उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल ★   दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश ★   बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान ★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ?

माकलबारीको १०औँ साधारणसभा सम्पन्न



काठमाडौं । माकलबारी बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीले विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको कारणले संस्थाले ‘महामारीमा साधारणसभा सञ्चालन कार्यविधि २०७७’ तयार गरी पुस ११ देखि १४ गतेसम्म संस्थाको कार्यालयमै साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभाको उद्घाटन गर्दै गोकर्णेश्वर नगरपालिकाका सहकारी शाखा प्रमुख पुण्यप्रसाद दाहालले सहकारीले राम्रो काम गरिरहेको भन्दै आगामी दिनमा पनि अझै आक्रामकरूपमा विस्तार हुन सुझाव दिनुभयो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका–४ का वडा सदस्य जयराम महतले सहकारीले आगामी दिनमा थप चुस्त र स्तरीय सेवा दिनका लागि सेवाहरुको विस्तार गर्न सुझाव दिनुभयो । “सहकारी ऐन २०७७ ले कल्पना गरेको ‘एक व्यक्ति एक सदस्य’को अवधारणालाई पालन गर्दै माकलबारी बचत तथा ऋण सहकारी संस्था र उज्यालो संपद बचत तथा ऋण सहकारी संस्थाबीच हुदै गरेको एकीकरणको शुभकामना दिनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष उदय सापकोटाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै हालसम्म संस्थामा रु तीन करोड २७ लाख ५५ हजार ५३ कारोबार भएको, शेयरपूँजी रु ४५ लाख ८८ हजार २०० रहेको र ऋण लगानी रु दुई करोड १३ लाख ७६ हजार ९८७ रहेको जानकारी दिनुभयो ।