१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल



अ+ अ-

काठमाडौँ । युरो २०२४ अन्तर्गत फ्रान्स र पोल्यान्डले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् ।

फ्रान्सका लागि खेलको ५६ औं मिनेटमा किलियन एमबाप्पेले तथा पोल्यान्डका लागि ७९ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरे । दुबैले पेनाल्टीमा गोल गरेका हुन् । यो नतिजासँगै फ्रान्स उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको छ ।

पोल्यान्ड भने बाहिरिएको छ । फ्रान्सको ३ खेलबाट ५ अंक छ भने पोल्यान्डले १ अंक मात्रै जोडेको छ ।