२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा आज चार खेल हुँदै



अ+ अ-

काठमाडौँ । युरो २०२४ अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदैछन् । समूह सी र डी का टोलीहरुबीच प्रतिस्पर्धा हुन लागेको हो ।

पहिले समूह डी का खेलहरु हुनेछन् । फ्रान्स र पोल्यान्ड तथा नेदरल्यान्ड्स र अष्ट्रिया आमनेसामने हुँदैछन् । दुबै खेल राति पौने १० बजे सुरु हुनेछ ।

समूह डी मा नेदरल्यान्ड्स ४ अंकसहित शीर्षस्थानमा रहँदा फ्रान्स समान अंक भएपनि दोस्रो स्थानमा छ । यस्तै, अष्ट्रिया ३ अंकसहित तेस्रो स्थानमा रहँदा पोल्यान्ड अंकबिहिन रहँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ । सबै टोलीको आज समूह चरणको अन्तिम खेल हो ।

यस्तै, आज मध्यरातमा समूह सी का डेनमार्क र सर्बिया तथा इंग्ल्यान्ड र स्लोभेनिया भिड्दैछन् । दुबै खेल मध्यरातमा पौने १ बजे सुरु हुनेछ ।

४ अंकसहित इंग्ल्यान्ड अंकतालिकाको शीर्षस्थानमा छ भने डेनमार्क २ अंकसहित दोस्रो तथा समान २ अंक जोडेको स्लोभेनिया तेस्रो स्थानमा रहँदा सर्बिया १ अंकसहित पुछारमा छ ।