• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट ★   प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

टी–२० विश्वकपको इतिहासमा पहिलो खेल खेलेका वेस्ट इन्डिज र दक्षिण अफ्रिका भिड्दै



एजेन्सी । ११ सेप्टेम्बर २००७ । टी–२० विश्वकपको इतिहासमा यो दिन पहिलो खेल खेलिएको थियो । यो खेलमा वेस्ट इन्डिज र दक्षिण अफ्रिका आमनेसामने भएका थिए ।

खेलमा दक्षिण अफ्रिकाले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले क्रिस गेलको शतकको मद्दतले २० ओभरमा ६ विकेट गुमाएर २०५ रन बनाएको थियो ।

जवाफमा दक्षिण अफ्रिकाले १७.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

त्यो खेलको अर्को चाखलाग्दो कुरा के थियो भने हार्ने टोलीका खेलाडीलाई खेलको ‘प्लेयर अफ द म्याच’ चुनिएको थियो । वेस्ट इन्डिजका क्रिस गेल प्लेयर अफ द म्याच भएका थिए । त्यो विश्वकपको आयोजक दक्षिण अफ्रिका थियो भने यसपटक वेस्ट इन्डिज आयोजक छ ।

आज फेरि यी दुई टोली टी–२० विश्वकप २०२४ को १० औं सुपर–८ खेलमा आमनेसामने हुँदैछन् । सर भिभियन रिचर्ड्स स्टेडियम, एन्टिगुआमा खेल सोमबार बिहान ६ः१५ बजे सुरु हुनेछ ।

टी–२० अन्तर्राष्ट्रियमा दुई टोली २ पटक भिडेका छन् । जसमा दुबै टोली ११–११ खेलमा विजयी भएका छन् । यस्तै, टी–२० विश्वकपमा दुई टोलीबीच ४ खेल भएको छ । जसमा ३ खेल दक्षिण अफ्रिकाले जितेको छ भने १ खेल वेस्ट इन्डिजले जितेको छ ।

यो खेल आयोजक वेस्ट इन्डिजका लागि महत्वपूर्ण हुनेछ । टोलीको २ खेलमा २ अंक छ र रनरेट समुह–२ का सबै टोलीमध्ये उत्कृष्ट छ । घरेलु टोलीले सेमिफाइनल पुग्ने हो भने यो अन्तिम खेल जित्नुपर्छ । साथै, उसको रन रेट दक्षिण अफ्रिका वा इङ्ल्यान्ड टोलीभन्दा राम्रो हुनुपर्छ ।

टोलीको रन रेट हाल दुवै टोलीको तुलनामा राम्रो छ, त्यसैले दक्षिण अफ्रिकालाई हराएर पनि टोली सेमिफाइनलमा पुग्न सक्छ । अर्कोतर्फ, दक्षिण अफ्रिका सुपर–८ का सुरुवाती दुवै खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।