५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपको इतिहासमा पहिलो खेल खेलेका वेस्ट इन्डिज र दक्षिण अफ्रिका भिड्दै



अ+ अ-

एजेन्सी । ११ सेप्टेम्बर २००७ । टी–२० विश्वकपको इतिहासमा यो दिन पहिलो खेल खेलिएको थियो । यो खेलमा वेस्ट इन्डिज र दक्षिण अफ्रिका आमनेसामने भएका थिए ।

खेलमा दक्षिण अफ्रिकाले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले क्रिस गेलको शतकको मद्दतले २० ओभरमा ६ विकेट गुमाएर २०५ रन बनाएको थियो ।

जवाफमा दक्षिण अफ्रिकाले १७.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

त्यो खेलको अर्को चाखलाग्दो कुरा के थियो भने हार्ने टोलीका खेलाडीलाई खेलको ‘प्लेयर अफ द म्याच’ चुनिएको थियो । वेस्ट इन्डिजका क्रिस गेल प्लेयर अफ द म्याच भएका थिए । त्यो विश्वकपको आयोजक दक्षिण अफ्रिका थियो भने यसपटक वेस्ट इन्डिज आयोजक छ ।

आज फेरि यी दुई टोली टी–२० विश्वकप २०२४ को १० औं सुपर–८ खेलमा आमनेसामने हुँदैछन् । सर भिभियन रिचर्ड्स स्टेडियम, एन्टिगुआमा खेल सोमबार बिहान ६ः१५ बजे सुरु हुनेछ ।

टी–२० अन्तर्राष्ट्रियमा दुई टोली २ पटक भिडेका छन् । जसमा दुबै टोली ११–११ खेलमा विजयी भएका छन् । यस्तै, टी–२० विश्वकपमा दुई टोलीबीच ४ खेल भएको छ । जसमा ३ खेल दक्षिण अफ्रिकाले जितेको छ भने १ खेल वेस्ट इन्डिजले जितेको छ ।

यो खेल आयोजक वेस्ट इन्डिजका लागि महत्वपूर्ण हुनेछ । टोलीको २ खेलमा २ अंक छ र रनरेट समुह–२ का सबै टोलीमध्ये उत्कृष्ट छ । घरेलु टोलीले सेमिफाइनल पुग्ने हो भने यो अन्तिम खेल जित्नुपर्छ । साथै, उसको रन रेट दक्षिण अफ्रिका वा इङ्ल्यान्ड टोलीभन्दा राम्रो हुनुपर्छ ।

टोलीको रन रेट हाल दुवै टोलीको तुलनामा राम्रो छ, त्यसैले दक्षिण अफ्रिकालाई हराएर पनि टोली सेमिफाइनलमा पुग्न सक्छ । अर्कोतर्फ, दक्षिण अफ्रिका सुपर–८ का सुरुवाती दुवै खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।