७ असार २०८३, आईतवार
,
Latest
रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशील प्याकुरेलद्वारा राजदूत पद अस्वीकार



अ+ अ-

काठमाडौँ । सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि राजदूत पदको अस्वीकार गरेका छन् । आइतबार एक विज्ञप्ति निकाल्दै उनले दक्षिण कोरियाका लागि राजदूतका रुपमा जान अस्वीकार गरेका हुन् ।

यही शुक्रबार मन्त्रिपरिषद् बैठकबाट आफूलाई राजदूतका रुपमा पठाउने निर्णयको सम्मान गर्ने तर उक्त जिम्मेवारी सम्हाल्न नसक्ने उनले बताएका छन् ।

वर्तमान सरकारले आफूमाथि गरेको विश्वासका लागि आभार प्रकट गर्दै उनले भनेका छन् ‘सरकारको यो निर्णय मैले गैर सरकारी संस्थाहरूको अभियान, यस अघिका सरकारद्वारा विश्वासका साथ सुम्पिएको जिम्मेवारीहरू निर्वाह गरेको परिणामका रुपमा ग्रहण गरेको छु । तर यसका साथै यो विषयमा मेरो धारणा सार्वजनिक गर्ने पर्ने आवश्यकता देखेकोले यो प्रेस विज्ञप्ति जारी गर्दैछु ।’

प्याकुरेलले राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमासमेत गम्भीर विमर्श आवश्यक देखेको बताएका छन् । सरकार फेरिएलगत्तै राजदूत फर्काउने निर्णयमा पनि उनले प्रश्न उठाएका छन् ।