२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘डन ३’ को छायांकन २०२५ मा सुरु हुने



अ+ अ-

एजेन्सी । बलिउड निर्देशक, निर्माता तथा अभिनेता फरहान अख्तरले रणवीर सिंह र कियारा आडवाणी स्टारर फिल्म ‘डन ३’ को सुटिङ २०२५ मा सुरु हुने पुष्टि गरेका छन् ।

कट्रिना कैफ, प्रियंका चोपडा र आलिया भट्ट स्टारर फिल्म ‘जी ले जरा’ पनि रोकिएको खबर आएको थियो । यसबारे पनि कुरा गर्दै फरहानले यो फिल्म बन्ने र निर्देशन आफूले गर्ने बताए ।

जुन १८ मा फरहान निर्देशित फिल्म ‘लक्ष्य’ले २० वर्ष पूरा गरेको छ । यस अवसरमा फरहानले पिंकभिलासँग कुरा गरे । यस क्रममा उनले फिल्म ‘डन ३’ र ‘जी ले जरा’को बारेमा कुरा गरे ।

फरहानले भने– हामी अर्को वर्ष फिल्म ‘डन ३’ को सुटिङ गर्नेछौँ । म आफै पनि यसको प्रतिक्षामा छु । फिल्म ‘जी ले जरा’को घोषणा पनि गरिसकेका छौं । यसको निर्देशन पनि म गर्छु । मैले चलचित्र निर्देशन गरेको लामो समय भइसकेको छ । मलाई यी चलचित्र निर्देशन गर्न एकदमै मन लाग्छ ।’

अगस्ट २०२३ मा, फरहान अख्तरले फिल्म डन ३ मा शाहरुख खानको स्थानमा रणवीर सिंहलाई कास्ट गरेको खुलासा गरेका थिए । यो खबरले पूरै सनसनी मच्चाएको छ । योसँगै अभिनेत्री कियारा आडवाणीको नाम मुख्य लिडमा परेको छ ।

अमिताभ बच्चन सन् १९७८ को डनमा र शाहरुख खान सन् २००६ को डनमा देखिएका थिए ।