२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खैरो र सेतो अण्डामा के फरक छ ? यसका फाइदा के के छन् जान्नुहोस्



अ+ अ-

अण्डामा प्रोटिन, क्याल्सियम, ओमेगा ३, फैटी एसिड भिटामिन ए र बी भरपूर मात्रामा पाइन्छ । यसलाई सुपरफुड पनि भनिन्छ । दैनिक अण्डा खानाले गम्भीर रोग लाग्नबाट जोगाउँछ । अण्डा खानाले हड्डी मजबुत बनाउँछ । तर, धेरै मानिसलाई खैरो र सेतोमध्ये कुन चाहिँ अण्डा स्वस्थकर हुन्छ भन्ने जिज्ञासा उठिरहन्छ ।

खैरो र सेतो दुवै अण्डामा धेरैपटक अनुसन्धान भइसकेको छ । जसमा दुवै अण्डामा त्यस्तो तात्विक अन्तर र फरक केही पाइएन । दुवैको फाइदा, गुणस्तर र आकार एउटै हुन्छ । यतिसम्म कि दुवैको पोषण तत्व पनि एकै नासको हुन्छ । खैरोमा सेतो अण्डाभन्दा थोरै बढी ओमेगा ३ फैटी एसिड पाइन्छ ।

खैरो र सेतो अण्डा फरक : डाइटिसियनका अनुसार अण्डा दुई किसिमको हुन्छ । एउटा, लोकल अर्को पोल्ट्री । लोकल अण्डा खैरो हुन्छ । पोल्ट्री फर्मको अण्डा सेतो हुन्छ । खैरो अण्डा सेतोभन्दा बढी स्वस्थकर हुन्छ । त्यसैले धेरै मानिस लोकल अण्डा खान मन पराउँछन् । खैरो अण्डामा प्रोटिन, कोलेस्ट्रोल र क्यालोरी धेरै पाइन्छ । एक अध्ययनका अनुसार सबै अण्डाको साइज र रंग तथा पौष्टिक रूपमा पनि एकै किसिमका हुन्छन् । सबै अण्डामा एकै किसिमका भिटामिन, मिनरल, प्रोटिन र क्यालोरी पाइन्छ । अण्डाको रंगले उसको पौष्टिक तत्वमा कुनै असर गर्दैन ।

अण्डा छान्ने तरिका : अण्डाको रंगले उसको पौष्टिक तत्वमा फरक नपरे पनि कुखुराको खानाले अण्डाको पौैष्टिकतामा भने असर गर्छ । घाम लाग्ने ठाउँमा रहेका कुखुरा र सबै प्रकारका खानेकुरा खाने कुखुराको अण्डामा सबै पोषक तत्व पाइन्छ । जबकि अँध्यारो ठाउँमा राखिएको र सही आहार र दाना नपाउने कुखुराको अण्डामा पोषक तत्व कम पाइन्छ ।

दैनिक अण्डा खाँदाको फाइदाँ : दैनिक उसिनेका दुईवटा अण्डा खानाले शरीरका धेरै रोगबाट बचाउन सकिन्छ । दिनहुँ अण्डा खानाले इम्युन सिस्टम ठीक रहन्छ । जसकारण भाइरल इन्फेक्सनका साथै रुघाखोकी जस्ता समस्याबाट बच्न सकिन्छ ।अण्डालाई ब्रेकफास्टका रूपमा खानाले शरीरलाई सबैभन्दा धेरै फाइदा हुन्छ ।  जिम जाने व्यक्तीले काँचो अण्डा दूधमा हालेर पिउने गर्दा फाइदाँ हुन्छ । अन्डाको पहेँलो भन्दा सेतो भाग खाँदा धेरै फाइदा छ । अन्डाको सेतोभन्दा पहेँलो भाग खानु लाभदायी हुन्छ भन्ने विश्वास गलत हो । बरु, पहेँलो छुट्याएर सेतो भाग मात्रै खानुस्, यस्ता फाइदाहरु धेरै हुन्छन् ।

अण्डामा हुने सेतो र पहेलो भागको फाइदाँ : अन्डाको सेतो भागमा कोलेस्ट्रोलको मात्रा हुँदैन । एउटा अन्डामा हुने १८० मिलिग्राम कोलेस्ट्रोल पहेँलो भागमा मात्रै हुन्छ । तपाई मधुमेह रोगी हुनुहुन्छ भने सेतो भाग मात्रै खाने गर्नुस् । आवश्यक प्रोटिन अन्डाको सेतो भागमा प्रोटिनको मात्रा पर्याप्त हुन्छ । एउटा अन्डाको सेतो भागमा चार मिलिग्राम प्रोटिन हुन्छ । सेतो भागमा अमिलो एसिडको मात्रासमेत प्राप्त हुने भएकाले शरीरको मांसपेशीलाई सन्तुलित बनाउन मद्दत गर्छ ।