५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपः इटालीलाई हराउँदै स्पेन नकआउट चरणमा, डेनमार्क र इंग्ल्यान्डको बराबरी



अ+ अ-

काठमाडौँ । युरो २०२४ फुटबल प्रतियोगिता अन्तर्गत स्पेन नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा इटालीलाई १–० गोलले हराउँदै स्पेन अन्तिम १६ मा प्रवेश गरेको हो । खेलको ५५ औं मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले आत्मघाती गोल गरे । यो उपहार गोल नै स्पेनको विजयी गोल बन्यो । समूह बी मा स्पेन २ खेलबाट ६ अंकसहित शीर्षस्थानमा छ भने इटाली ३ अंकसहित दोस्रो स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा इंग्ल्यान्ड र डेनमार्कले बराबरी खेलेका छन् । खेलको १८ औं मिनेटमा ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३४ औं मिनेटमा मोर्टेन जुल्मान्डले गोल गर्दै डेनमार्कलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र दुबै टोली अंक बाँड्न बाध्य भए ।

समूह सी मा इंग्ल्यान्ड २ खेलबाट ४ अंकसहित शीर्षस्थानमा छ भने डेनमार्क २ अंकसहित दोस्रो स्थानमा छ ।

बिहीबार नै भएको अर्को खेलमा स्लोभेनिया र सर्बियाले १–१ गोलको बराबरी खेलेका छन् । खेलको ६९ औं मिनेटमा जान कर्मिचनिकले गोल गर्दै स्लोभेनियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेल सकिनै लाग्दा अन्तिम समयमा इन्जुरी समयमा लुका जोभिकले गोल गर्दै सर्बियाको हार टारे । समूह सीमा रहेका स्लोभेनिया २ अंकसहित तेस्रो र सर्बिया १ अंकसहित चौंथो स्थानमा छ ।