२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपः इटालीलाई हराउँदै स्पेन नकआउट चरणमा, डेनमार्क र इंग्ल्यान्डको बराबरी



अ+ अ-

काठमाडौँ । युरो २०२४ फुटबल प्रतियोगिता अन्तर्गत स्पेन नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा इटालीलाई १–० गोलले हराउँदै स्पेन अन्तिम १६ मा प्रवेश गरेको हो । खेलको ५५ औं मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले आत्मघाती गोल गरे । यो उपहार गोल नै स्पेनको विजयी गोल बन्यो । समूह बी मा स्पेन २ खेलबाट ६ अंकसहित शीर्षस्थानमा छ भने इटाली ३ अंकसहित दोस्रो स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा इंग्ल्यान्ड र डेनमार्कले बराबरी खेलेका छन् । खेलको १८ औं मिनेटमा ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३४ औं मिनेटमा मोर्टेन जुल्मान्डले गोल गर्दै डेनमार्कलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र दुबै टोली अंक बाँड्न बाध्य भए ।

समूह सी मा इंग्ल्यान्ड २ खेलबाट ४ अंकसहित शीर्षस्थानमा छ भने डेनमार्क २ अंकसहित दोस्रो स्थानमा छ ।

बिहीबार नै भएको अर्को खेलमा स्लोभेनिया र सर्बियाले १–१ गोलको बराबरी खेलेका छन् । खेलको ६९ औं मिनेटमा जान कर्मिचनिकले गोल गर्दै स्लोभेनियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेल सकिनै लाग्दा अन्तिम समयमा इन्जुरी समयमा लुका जोभिकले गोल गर्दै सर्बियाको हार टारे । समूह सीमा रहेका स्लोभेनिया २ अंकसहित तेस्रो र सर्बिया १ अंकसहित चौंथो स्थानमा छ ।