७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

श्वेत मण्डली

श्वेत मण्डली
अ+ अ-

होटेल भरिभराउ थियो । शान्दार कोठाहरु पुरै विदेशी पाहुनाले भरिएका थिए । अमेरिकन, यूरोपियन, एसियन  सबै मुलुकका प्रतिनिधिहरु त्यहाँ उपस्थित थिए । आ–आफ्ना मुलुकका भेषभूषा ग्रहण गरेर कार्यक्रम उद्घाटन सत्रमा प्रवेश गर्न आतुर अनुहारहरु एकपछि अर्को गर्दै मेरो आँखामा ठोक्किइरहेका थिए ।

मैले सेतो साडी लगाएकी थिएँ । मेरो साडीमा ठोक्किने आँखाहरु पनि त्यहाँ प्रशस्त थिए । यो बीचमा एउटा समूह मुस्कुराउँदै मतिर आयो र उत्साहित हुँदै हात मिलायो । उनीहरुले मेरो लिवाजप्रति निकै खुशी व्यक्त गरे । र, आफूहरुको श्वेत मण्डलीसँग मेल खाएको कुरा सुनाए । मैले पनि मुस्कुराउँदै उनीहरुलाई औपचारिक धन्यवाद टक्र्याएँ । 

मलाई ती श्वेत मण्डलीले आकर्षित गरिरहेका थिए । उनीहरु मलाई हेरेर मुस्कुराउँथे । म पनि उनीहरुलाई देख्दा मुस्कुराउन थालें । उनीहरु काला वर्णका थिए तर उनीहरुको शरीरमा श्वेत वस्त्र चम्किरहेको थियो । चप्पल, रुमाल, हेण्डब्यागदेखि सबै वस्तु उनीहरुले सेतो प्रयोग गरेका थिए । स्त्रीहरुले साडी लगाएका थिए र पुरुषहरुले कुर्ता पाइजामा । तर उनीहरु अलग अलग झुण्डमा हिडिरहेका थिए । पुरुष पुरुषसँग र महिला महिलासँग मात्र कुरा गरिरहेका देखिन्थे । 

अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम भएकाले त्यहाँ ठूलो जनसहभागिता थियो । त्यो जनसहभागितामा उनीहरुको झुण्ड विल्कुल अलग पहिचानमा थियो ।

कार्यक्रमको भव्य शुरुवात भयो । मन्त्रीको उपस्थितिमा उदघाटन सत्र निकै रोचक र प्रभावकारी बन्यो । दिउँसोको खाना खाएपछि मन्त्री बिदा भए । त्यसपछि शुरु भयो पट्यारलाग्दो बौद्धिक सेशन । विश्व बजारमा जिन्दगीको मूल्य गिरावट हुनुका लामा लामा कार्यपत्र लिएर सहभागीहरु उपस्थित थिए । सहभागीहरुले आ–आफ्ना मुलुकमा जीवनको मुल्यमा कसरी गिरावट आयो ? भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्न थाले । हाम्रो मुलुकबाट पनि एक दर्जन सहभागीहरु मूल्य गिरावटको विषयमा छलफल गर्न पुगेका थिए । तर मलाई त्यस विषयमा सहभागिता जनाउन खासै रुची थिएन । मलाई लाग्थ्यो, मान्छेको मूल्य निर्धारण गर्ने हैसियत मान्छेले गर्ने कर्मलाई मात्र छ । 

कार्यक्रमको बीचमा एउटा अनाम पात्रको स्वागतार्थ भव्य तयारी चल्यो  । 

शान्तिका याचनाकार, मानवको मूल्यरक्षक, यस पृथ्वीमा श्वास फेर्ने अधिकार प्राप्त सबै जीवात्माका नायकले अबको सेशनमा आफ्ना गहन विचार प्रस्तुत गर्नुहुने छ । उहाँको कुनै नाम छैन । न कुनै थर र गोत्र छ । जीवन प्राप्त दुई खुट्टे प्राणीलाई मानव भने पुग्छ भन्ने उहाँको तर्क छ । यसैलाई मूल नारा बनाएर उहाँले आफ्नो नाम बहिष्कार गर्नु भएको हो । अब केहीबेर उहाँका महान वाणी श्रवण गर्ने छौं । 

कार्यक्रमको सहजकर्ताले बिहान मसँग हात मिलाएका तिनै श्वेत झुण्डका नायकलाई सम्वोधन गर्दै माइक हस्तान्तरण गर्यो । म उत्साहित भएर उसको कुरामा ध्यान दिन थालें । श्वेत वस्त्रभन्दा पनि नाम बहिष्कार गरेर सिंगो मानव हुने उनीहरुको कुरा चानेचुने थिएन ।
‘धन्यवाद मित्रजन !’ 

शान्तिका याचनाकारले घाँटीको लेग्रो मिलाउँदै बोल्न थाले ।

‘आदरणीय मनुष्यगण, मैले यसकारण नाम बहिष्कार गरेको हुँ कि मलाई नामकै आधारले अमानव भनिन सक्छ । मेरो जातिकै आधारमा मैले बाँच्न पाउने अधिकार गुमाउन सक्छु । त्यसकारण मैले आफ्नो नाम, थर र धर्म बहिष्कार गरेको हूँ । मलाई मानिस भने पुग्छ । हाम्रो सानो समूह छ । यहाँ आफ्नो नाम बहिष्कार गर्न चाहने जो कोही सहभागी हुन सक्नु हुनेछ । हाम्रो धर्म मानव सभ्यताको रक्षा गर्नु हो । र, विश्व राजनीतिमा जिन्दगीको मूल्य अभिवृद्धि गर्नु पनि हो । हामी शान्ति चाहन्छौं । र, स्वतन्त्रताको उपयोग गर्छौं ।’
मण्डली नायकको कुरा नसकिदै मञ्चमा तरररररर ताली पड्किए । आफ्नो कुरा अनुमोदन भएपछि नाम बहिष्कार गरेका मण्डली नायकको मुहारमा थप उर्जा थपियो । उनी हर्षित मुद्रामा बडो गम्भीर भएर बोल्न थाले ।

‘हाम्रो श्वेत मण्डलीमा अलिकति पनि विभेदको र· छैन । सबैलाई समान दर्जा र मूल्य प्रदान गर्नु हाम्रो उद्देश्य हो । नाम बहिष्कार गरेका श्वेत मण्डलीलाई कुनै र·हरुको प्रभाव पर्दैन । हामी र·हीन, वर्णहीन, जातिविहीन समाज निर्माण गर्दैछौं । श्वेतवस्त्र धारण गरेपछि जीव, जीवन र शान्तिको याचना नै हाम्रो मार्ग हो ।’

‘महाशय, सेतो पनि कुनै एउटा र· होइन र ? सबै कुरा बहिष्कार गरे पनि मान्छेको जातिलाई तपाइले कसरी बहिष्कार गर्न मिल्छ ?’ 

बडो उत्साहित भएर बोलिरहेका नाम बहिष्कारवादीलाई रोक्दै मैले हात उठाएँ । नसोचिएको प्रश्न आएपछि सभा एकछिन अल्मलियो । मुस्कुराउदै मसँग हात मिलाएका उनका समर्थकहरुले मलाई खाउँला जस्तो आँखाले हेर्न थाले ।

‘अवश्य महोदय, अवश्य ! सेतो पनि कुनै एक र· नै हो । तर सेतो र· प्रकाशको र· हो । उज्यालोको र· हो । त्यसकारण हामी यो र·को सगर्व प्रयोग गर्छौ । र, मैले मानव जातिको बहिष्कार भनेको होइन । कृपया यसलाई जात प्रथाको बहिष्कार बुझ्नु होला ।’ 

एकछिन रोकिएपछि उनले आफ्नो प्रबचनलाई निरन्तरता दिए ।

‘यसको मतलब अरु र·मा प्रकाशको कुनै भूमिका छैन भन्नु भएको ?’

‘हुन सक्छ, तर सेतो विशिष्ट कुरा हो । तपाइ आफैंले ग्रहण गरेको र·मा अल्मलिनु हुँदैछ महोदय ! यो त केवल शरीरको लाज ढाक्न प्रयोग गरिएको हो । तपाइलाई जानकारी होस्, हामी स्वतन्त्र छौँ । किनकि हामीले आफ्नो नाम बहिष्कार गरिसकेका छौं ।

‘यसको मतलब म आफ्नो नाम बहिष्कार गरेर तपाइको समूहमा प्रवेश गरेपछि कालो वस्त्र पनि लगाउन सक्छु ?’

‘यो  अलि नमिल्ने कुरा भयो महोदया, हाम्रा केही सीमाहरु छन् । केही नियमहरु छन् । त्यसमा सेतो वस्त्र प्रमुख मानिएको छ । हामी उज्यालोका प्रर्वतक हौं । कालोले अन्धकारलाई आमन्त्रण गर्छ ।’

‘सीमा र नियमहरुभित्र बसेपछि फेरि कस्तो स्वतन्त्रता महाशय ? उज्यालो र अँध्यारो दुबै प्राकृतिक सत्य होइन र ?’

‘माफ गर्नुहोला, तपाइहरुको सवाल जवाफका लागि खुला सत्र छोडिएको छ । अहिले शान्तिका याचनाकारज्यूलाई आफ्नो मन्तव्य यही अन्त्य गर्न म अनुरोध गर्छु ।’ 
सहजकर्ताले हाम्रो वादविवादलाई बीचैमा रोकिदियो । म आफ्नो कुर्सीमा बस्न वाध्य भएँ ।

त्यसपछि श्वेत मण्डलीले मलाई घुरेर हेर्न थाले । आफ्नो नाइकेलाई प्रश्न गरेर श्वेत मण्डलीमाथि प्रश्नचिन्ह उठाइदिएको उनीहरुलाई मन परेको छैन भन्ने कुरा मलाई उनीहरुको हेराइबाट अनुभव भइरहेको थियो ।

त्यो दिनको सेशन सकियो । तर ममाथि हो या मेरो सेतो साडीमाथि, उपस्थित सबैका प्रश्नवाचक हेराइहरु सकिएनन् । त्यो दिन विशेष तारो बनाएर उनीहरुले मलाई हेरिरहे ।
साँझ भयो । नाचगान र काव्य समारोहका लागि खुला चौरमा मञ्च तयार गरियो । सहभागीहरु आ–आफ्ना झुण्डमा सामेल भएर विश्व बजारमा हुदै आएको मूल्य गिरावटलाई कसरी कम गर्ने भनेर बहस गर्न थाले । साथमा चुरोटको धुवाँ र रक्सीको नशाले स्वेच्छिक स्वतन्त्रताको आकाश उक्लिन थाल्यो । तर मेरा आँखाहरुले श्वेत मण्डलीलाई खोजीरह्यो  । उनीहरु त्यहाँ वरपर थिएनन् । 

‘कता गएछन् ? कि आफ्नो नाम जस्तै उनीहरुले यो स्वेच्छिक स्वतन्त्रताको खुला आकाशलाई पनि बहिष्कार गरे ?’ 

प्रश्न उठ्यो । मैले पर परसम्म दृष्टि पुर्याएर उनीहरुलाई नियाल्न थालें । धूपिको बाक्लो झ्याङ रहेको टेबलमा छेलिएर रहेको अवस्थामा उनीहरुको समूह देखा पर्यो  । त्यसपछि आफ्नो समूह छोडेर म उनीहरु बसेको टेबलतिर अघि बढें ।

‘म तपाइहरुलाई नै खोजी रहेकी थिएँ ।’ मुस्कुराउँदै म उनीहरुको नजिक गएँ ।

तर उनीहरु मुस्कुराएनन् । लाग्यो, दिउसोको प्रश्न सोधाइले उनीहरु मसँग सशंकित भएका छन् ।

एउटा कुर्सी तानेर म पनि उनीहरुको टेबलमा सामेल भएँ । श्वेत मण्डलीका पात्रहरुले निकै आक्रोशपूर्ण नजर मतिर फालिरहेका थिए । सम्भवतः उनीहरुलाई म त्यहाँ बसेको मन परिरहेको थिएन ।

‘माफ गर्नु होला ! तर मलाई सेतो र·मा प्रवेश गरेपछि र·हरुको प्रभाव सकिन्छ भन्ने तपार्इंको कुरा त्यति चित्त बुझेन । तर तपाइरुको नाम बहिष्कार पद्धतिले चैं मलाई खुब आकर्षित गर्यो  ।’ 

मेरो कुरा सुनेर अनाम मण्डलीका पात्रहरुले आफ्ना नायकतिर हेरे । सायद नायकको अनुमति विना कसैलाई बोल्ने अधिकार त्यहाँ थिएन ।

नायकले सबैलाई हातको इशाराले शान्त रहन आदेश दिए र आफु बोल्न शुरु गरे ।

‘महोदया, पहिलो कुरा ततपाइ एक महिला भएर पुरुषहरुको समूहमा आउनु भएको छ । तपार्इंंको जानकारीका लागि भन्दैछु, हाम्रा स्त्रीहरु ऊ त्यो टेबलमा बसेका छन् ।’ अर्को टेबलतिर इशारा गर्दै श्वेत नायकले देखायो । 

श्वेत मण्डलीका स्त्री पात्रहरु छुट्टै टेबलमा बसेका रहेछन् ।

‘किन यसरी छुट्टिएर बस्नु भएको ?’ मैले बडो आश्चार्य मान्दै सोधेँ ।

‘किनकि हाम्रा जैविक इन्द्रियहरुलाई हामीले कन्ट्रोल गर्नु पर्ने हुन्छ ।’
‘ओ हो ! माफ गर्नु होला ।’ 

त्यसपछि म आफू बसिरहेको कुर्सी केही पर तानेर बसें ।

‘दोस्रो कुरा, तपाइ दिउँसोदेखि नै सेतो र·मा अल्झिरहनु भएको छ, जुन तपाइको पनि प्रिय हो भन्ने हामीले देखिरहेका छौं ।’

‘हो, यो र·को पादर्शिता मलाई मन पर्छ । तर यसलाई ग्रहण गरेपछि अरु र·को प्रभाव रहँदैन भन्नु गलत हो । किनकि र·हरुको आ–आफ्नै विशेषता हुन्छ भन्ने लाग्छ । अरु र· र सेतो र·मा मात्रै हाम्रो दृष्टी र दृष्टीकोणको भिन्नता हुन्छ भन्ने लाग्छ ।’ 

मेरो कुरा सुनेर उनीहरु एकले अर्कोलाई हेर्न थाले । र गललल हाँस्न थाले । हाँसो पल्लो टेबलसम्म पैmलियो । मानौं मैले कुनै जोक सुनाएकी छु र उनीहरु हाँस्न बाध्य भएका छन् । 
‘नामविहीन, जातविहीन, धर्मविहीन तपाइहरुको समूहमा स्त्री र पुरुष सँगै बस्न नहुने अप्राकृतिक गठबन्धन रहेछ, त्यो मलाई थाहा  भएन ।’ मैले पल्लो टेबलमा बसिरहेका महिलाहरुतिर लक्षित गर्दै भनें ।

‘यही हाम्रो नियम हो । हामी शान्ति चाहन्छौ महोदया, स्त्री र पुरुष सँगै बसेपछि त्यहाँ शान्ति हुदैन । रागहरुको संक्रमणबाट बच्न दुईवटा टेबल आवश्यक छ ।’ मण्डली नायक सगर्व प्रस्तुत भए ।

‘तर्क गजव छ । तर तपाइहरुको स्वतन्त्रताको परिभाषा के हो ? त्यो मैले बुझ्न सकिनँ ।’

‘त्यसलाई बुझ्न तपाइले आफ्नो नाम बहिष्कार गर्नु पर्छ । र, यो सामाजिक स्वतन्त्रता हो । हाम्रो समाजमा विभेदको शिकार कोही हुदैन । तपाइलाई देख्दा हामीले आफूहरु जस्तै सोचेका थियौं । तर तपाइ हाम्रो विरुद्ध उभिनु भयो ।’

नायकले दिउँसो सोधेका प्रश्नको जवाफ यसरी पूरा गर्यो । म चकित भएँ । शान्तिका याचनाकार, नाम बहिष्कारवादी र स्वतन्त्रताका अनुयायीहरु । स्त्री र पुरुष बीचको रागात्मक संक्रमणबाट बच्न टेबल विभाजन गरिरहेका थिए । 

‘तपाइहरुको बिरुद्ध म होइन, तपाइहरुकै अभिव्यक्ति उभिएको हो । शान्तिका याचानाकारहरु यसरी अशान्त भइरहनु भएको छ । अनि स्वन्त्रताको नाममा यो टेबल विभाजन ! यो एक आपसमा विवादास्पद कुरा भएन र ?’ 

‘तपार्इंलाई विवादास्पद लाग्न सक्छ । तर यही हाम्रो साधना हो । हामी आफ्ना इन्द्रियहरुलाई रागात्मक संक्रमणबाट बचाएर अघि बढ्न चाहन्छौ ।’ 

श्वेत नायकले त्यही कुरा दोहोर्याएपछि मलाई उनीहरुसँग थप बहस गर्न उचित लागेन ।

‘हस्, तपाइहरुको विभाजित टेबलले शान्ति प्राप्त गरोस्, मेरो शुभकामना छ ।’ 

यति भनेर म त्यहाँबाट हिडें । रातको एघार बजी सकेको थियो । मेरो समूहका साथीहरु सबै सुत्न गइसकेका रहेछन् । एकछिन संगीतको आनन्द उठाएर म पनि विश्राम गर्न होटेलको कोठातिर हिडेँ । मेरालागि दिइएको कोठामा जान त्यही श्वेत मण्डली बसिरहेको टेबल भएर गुज्रिनु पथ्र्यो । जानेक्रममा नचाहँदा नचाहँदै पनि मेरो नजर तिनीहरु बसिरहेको टेबलतिर पुग्यो । पल्लो टेबलमा बसेका महिला मण्डली उठेर गइसकेका रहेछन् । उनीहरुको टेबल रित्तो देखियो । तर पुरुष मडण्ली त्यही टेबलमा विचित्र अवस्थामा देखिए । नचाहेरै उनीहरुतिर पुगेको मेरो दृष्टि त्यहीं स्थीर भयो । उनीहरुले त्यहाँ केही गरिरहेका थिए । 

आखिर के भइरहेको हो यो ? मनको उत्सुकता बढेर गयो । म उनीहरुको टेबलतिर अरु नजिकिएँ । 
उफ् !  

त्यहाँ बडो अनौठो घटना भइरहेको थियो । ती श्वेत वस्त्रधारीहरु आफ्ना पाइजामा फुकालेर एक अर्काका जननेन्द्रियमा निमग्न थिए । स्थीति बडो गम्भि। थियो । यस्तो गम्भिर स्थीतिसंग मेरो लाइभ दृष्टीगोचर कहिल्यै भएको थिएन । म जड भएर उभिए । 

समलिंगीहरुको यस्तो रुप त्यो पनि सर्वजनिक स्थलमा….. म ‘सक्ड’ भएँ । एकदम स्थिर उभिएर केहीबेर मेरा आखाहरुले त्यो विचित्र क्रियालाई हेर्न विवश भए ।

म त्यहाँ उभिएर उनीहरुको क्रियाकलाप हेरिरहेको श्वेत मण्डलीको नायकले देख्यो । तर उसले कुनै प्रतिक्रिया जनाएन । उल्टो एउटा मुस्कान मतिर फालेर आफ्नो इन्द्रिय पान गराउनतिर मग्न देखियो । खुला चउरको एउटा कुनामा, टेबल वरपर झुम्मिएर उनीहरुले यो सब गरिरहेका थिए । मलाई देखेर पनि उनीहरु विचलित भएनन् । म मात्रै होइन, केही पर अरु सहभागीहरु थिए । होटेलका कर्मचारी र बेयराहरु ओहोर दोहोर गरिरहेकै थिए । उनीहरुलाई ति कसैको पर्वाह थिएन । बस्, आफ्नो कर्ममा लिन भएर एक अर्काका इन्द्रिय पान गरिरहेका थिए ।

‘यो दृश्य अरुले देखेका होलान् की नाइँ ?’ मैले यता उता हेरें । 

कसैले उनीहरुको क्रियामा ध्यान दिएको देखिनँ । त्यसपछि म त्यहाँ उभिइरहन सकिनँ । बिचित्र अनुभव गर्दै म आफ्नो होटेलको कोठातिर हानिएँ । 
त्यो रात रातभर निन्द्रा लागेन । आखिर के थियो त्यो ? आफूलाई नाम बहिष्कारवादी भन्नेहरुले गरेको शान्ति याचना, या उनीहरुको जैविक स्वतन्त्रता ? 
‘रागहरुको संक्रमणबाट बच्न दुईवटा टेबल आवश्यक छ ।’ 

भन्दै महिला मण्डलीको छुट्टै टेबल देखाएका श्वेत मण्डलीका पुरुष पात्रहरुको कुन चैं राग थियो त्यो ? जति प्रयास गर्दा पनि मैले उनीहरुको यो क्रियालाई सही ढंगले बुझ्न सकिन । रातभर छटपटी चलिरह्यो  । 

बिहान पाँच बजे पछि म मर्निङ्ग वाक निस्किएँ । निस्किने बेलामा एकपटक फेरि म  त्यही टेबल नजिक पुगेँ । यतिबेला टेबल रित्तो थियो । तर मेरो आँखामा श्वेत मण्डलीले छोडेका दृश्यहरु ओहोर दोहोर गरिरहेका थिए ।