२० भाद्र २०८३, शनिबार
,
Latest
सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो



अ+ अ-

काठमाडौँ । अमेरिका र वेस्ट ईन्डिजमा जारी टी–२० विश्वकप सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्केका छ । टोली दुई वटा समूह बनाएर नेपाल फर्किएको हो ।

कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करन केसी र अविनाश बोहरालगायतको समूह गएराति १ बजे आएका थिए । यस्तै, कप्तान रोहित कुमार पौडेल लगायत बाँकी रहेका खेलाडी तथा अफिसियल आज बिहान १० बजे स्वदेश आइपुगेका हुन् ।

स्पीनर सन्दीप लामिछाने भने आइपुगेका छैनन् । टीमका अन्य सदस्य अमेरिका भएर नेपाल आएका हुन् । सन्दीपसँग अमेरिकाको भिसा नभएकाले क्यानडाको रुट हुँदै नेपाल आउनुपर्ने हुँदा उनी दुई दिनपछि आइपुग्ने बताइएको छ ।

विश्वकपमा नेपालले समुहचरणका चार खेलमध्ये तीन खेलमा हार बेहोरेको थियो । श्रीलंकासँगको खेल भने वर्षाका कारण प्रभावित हुँदा दुवै टोलीले अङ्क बाँडेका थिए ।