८ श्रावण २०८३, शुक्रबार
,
Latest
सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी प्रतिवद्ध छः महानिरीक्षक पौडेल सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनको छलफल सुरु मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट अनैतिक कार्यमा संलग्न ४७ विदेशी महिला ‘डिपोर्ट’ झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै प्लाइउड निर्यातका अवरोध तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान वामपन्थी दलहरू राजनीतिक विकृतिबाट मुक्त छैनन्, विगतको आत्मसमीक्षा आवश्यक छः माधवकुमार नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा आज तीन खेल हुँदै



अ+ अ-

काठमाडौँ । युरो २०२४ अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा क्रोएसिया र अल्बानियाबीच प्रतस्पिर्धा हुँदैछ ।

यो खेल नेपाली समयानुसार बेलुका ६ः४५ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा हार बेहोरेका दुबै टोली पहिलो जितको खोजीमा छन् ।

यस्तै राति ९ः४५ बजे आयोजक जर्मनीले हंगेरीको सामना गर्दैछ । जर्मनी लगातार दोस्रो जितको खोजीमा छ भने हंगेरी जर्मनीलाई हराउँदै खाता खोल्ने दाउमा छ ।

यस्तै, आज मध्यरातमा १२ः४५ बजे स्वीट्जरल्यान्ड र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । स्वीट्जरल्यान्ड लगातार दोस्रो जितको खोजीमा रहँदा स्कटल्यान्ड पहिलो जितको खोजीमा रहेका छ ।