१ भाद्र २०८३, सोमबार
,
Latest
स्कट कुगेलेइन सुदूरपश्चिम रोयल्समा पुनः अनुबन्ध पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल मानव बेचबिखनसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत मल नीतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६ प्रदेश मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ नायिका करुणा पाण्डेको तीज गीत ‘मेरै मायाको प्यारी हुने हो’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता सुरु (भिडियो सहित)



अ+ अ-

काठमाडौं । कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु भएको छ ।  

मंगलबारदेखि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले किर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु भएको हो । किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले टोकन सिस्टममा दैनिक ४० जनाको नाम दर्ता गरिने बताउनुभयो । उहाँले अत्यावश्यक परेका नागरिकलाई राष्ट्रिय परिचयपत्र दर्ताका लागि विशेष प्राथमिकता दिइने पनि बताउनुभयो ।

कीर्तिपुर नगरपालिकाले नगरबासीहरुलाई राष्ट्रिय परिचयपत्र दर्ताका लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र लिएर आउन आग्रह गरेको छ । नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा जन्ममिति खुल्ने प्रमाणपत्र, नागरिकतामा उल्लेख भएको ठेगानाभन्दा फरक ठेगाना भएमा त्यस्तो ठेगाना प्रमाणित गर्ने बसाइसराई वा बसोबास प्रमाणित भएको कागजात, नागरिकतामा पति, पत्निको नाम उल्लेख छैन भने विवाह दर्ताको प्रमाणपत्रसहित परिचयपत्र दर्ताका लागि आउन नगरपालिकाले आह्वान गरेको छ ।