२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बलरको शानदार प्रदर्शनमा बंगलादेश १ सय ६ रनमा सिमित



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपमा नेपाली बलरको शानदार प्रदर्शनमा बंगलादेश १ सय ६ रनमा सिमित रहेको छ ।

समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो । नेपाललाई जितको लागि १ सय ७ रन बनाउनुपर्ने हुन्छ ।

बंगलादेशका लागि शाकिब अल हसनले सर्वाधिक १७ रन बनाए । मोहम्मदुल्लाह र रिसाद होसेनले समान १३ रन बनाउदा जाकेर अलीले १२ रन जोडे । त्यस्तै, ओपनर लिट्टन दासले १० रनको योगदान दिए ।

नेपालको लागि स्पिनर सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै सन्दीपले एक मेडेन राख्दै मात्र १७ रन खर्चिएर २ विकेट लिए ।यससँगै लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमानी १ सयौँ विकेट पूरा गरेका छन् ।

सोमपाल कामीले ३ ओभर बलिङ गर्दै १० रन मात्र खर्चिएर२ विकेट लिए । कप्तान रोहित पौडेलले पनि ४ ओभर बलिङ गर्दै २ विकेट हात पारे । दीपेन्द्र सिंह ऐरीले ३.२ ओभर बलिङ गर्दै २२ रन खर्चर २ विकेट लिए ।