१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धमा विज्ञहरूको परामर्श आवश्यकः नेता दंगाल

ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धमा विज्ञहरूको परामर्श आवश्यकः नेता दंगाल
अ अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धका प्राविधिक विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूको संलग्नता हुनुपर्ने बताउनुभएको छ ।

शुक्रवार संघीय संसद्को विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै नेता दंगालले अन्तर–निकाय सम्बन्ध अत्यन्त प्राविधिक विषय भएकाले यसमा केवल अध्ययनकर्ता मात्र नभई सोही क्षेत्रमा प्रत्यक्ष कार्यरत अनुभवी विज्ञहरूको परामर्श लिनु उपयुक्त हुने सुझाव दिनुभएको हो । छलफलका क्रममा नेता दंगालले विषयवस्तुको गाम्भीर्यताका आधारमा विज्ञ छनोट गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अन्तरनिकाय सम्बन्धको विषय प्राविधिक (टेक्निकल) भएकाले यस क्षेत्रमा प्रत्यक्ष काम गरिरहनुभएका विज्ञबाट प्रश्तुति गराउनु उपयुक्त हुन्छ । यो विषय ऐन कार्यान्वयनसँग सम्बन्धित प्राविधिक र विषयगत भएकाले सभापतिज्यूले प्रश्ताव गर्नुभएझैँ खिमलालज्यू वा भरतराज गौतमज्यूमध्ये एकलाई जिम्मेवारी दिँदा उपयुक्त हुन्छ ।’

ऐन कार्यान्वयनको विषय थिम्याटिक र प्राविधिक दुवै भएकाले सभापतिले प्रश्ताव गरे बमोजिम नै विज्ञहरूको पहिचान गरी कार्य अगाडि बढाउन उपयुक्त हुने नेता दंगालको भनाइ छ ।