२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै



अ+ अ-

गलेश्वर । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ ।

रघुग¬ङ्गा गाउँपालिका–१ तिप्ल्याङ बजारमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइ सडक फराकिलो बनाउने र स्तरोन्नति गर्ने काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले राससलाई जानकारी दिनुभयो ।

तिप्ल्याङको पाँच सय मिटर बजार क्षेत्रमासडक विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ । पर्वतको मालढुङ्गाबाट मुस्ताङको कोरला नाकासम्म दुई सय दुई कलोमिटर लामो बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत विभिन्न खण्डमा स्तरोन्नति र कालोपत्र भइरहेको छ । विसं २०७४ जेठ ५ गते सम्झौता भई आगामी पुसको ८ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गलेश्वरबाट तातोपानीसम्मको सडकखण्डमा हालसम्म करिब ९० प्रतिशत प्रगति भएको छ । यस खण्डको कुल लागत रु ६२ करोड ४४ लाख छ ।