५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा पेस्तोल देखाएर सुनचाँदी र नगद लुटपाट



अ+ अ-

चितवन । जिल्लाको कालिका नगरपालिका ६ खोलेसिमलस्थित सुनचाँदी पसलमा हतियार देखाएर लुटपाट भएको छ ।

शनिबार राती ८:४० बजे विनोद सुनारको सुनचाँदी पसलमा हतियार देखाएर लुटपाट गरिएको चितवन प्रहरीले जनाएको छ ।

लुटपाट गर्ने समूहले ३५ किलो चाँदी, ३ किलो सुन र दुई लाख रुपियाँ लुटेर लगेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जनाए ।

पसल बन्द गर्न लाग्दा समुहमा आएका लुटेराले पेस्तोल देखाएर लुटपाट गरेको र सुन पसलमा जडान गरिएको सिसिटिभिको डिस समेत खोलेर लगेको डिएसपी भण्डारीले बताए ।

प्रहरीले लुटपाटमा संलग्न रहेको आशंकामा ४ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।