२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियासँग स्कटल्यान्ड ५ विकेटले पराजित, इंग्ल्यान्ड सुपर आठमा



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह बी को अन्तिम खेलमा स्कटल्यान्ड अस्ट्रेलियासँग ५ विकेटले पराजित भएको छ ।

आइतबार बिहान भएको खेलमा अष्टेलियासँग स्कटल्यान्ड पराजित भएपछि इंग्ल्यान्ड शीर्ष २ मा रहँदै सुपर ८ मा पुगेको छ। इंग्ल्यान्ड र स्कटल्यान्डको समान ५ अंक भए पनि नेट रनरेटमा इंग्ल्यान्ड अघि रहँदै सुपर ८ मा पुगेको हो।

समूह बी बाट अस्ट्रेलियाले भने अपराजित रहँदै सुपर ८ खेल्नेछ। यो समूहबाट स्कटल्यान्डसँगै नामिबिया र ओमान विश्वकपबाट बाहिरिएका छन्।

स्कटल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले २ बल अगावै ५ विकेटको क्षतिमा भेट्टायो। अस्ट्रेलियाका ओपनर ट्राभिस हेडले सर्वाधिक ६८ रनको योगदान दिए। उनले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।

मार्कस स्टोइनिसले २९ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ५९ रन बनाए। टिम डेभिड २४ र म्याथु वेड ४ रनमा नटआउट रहे।

स्कटल्यान्डका मार्क वाट र सफ्यान सरिफले समान २ विकेट लिए। ब्राड वेलको नाममा १ विकेट रह्यो।

त्यसअघि पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रनको योगफल बनाएको थियो । स्कटल्यान्डका ब्रान्डोन एमसीमुलेनले सर्वाधिक ६० रन बनाए। उनले ३४ बलमा २ चौका र ६ छक्का हाने।

कप्तान रिची बेरिग्टोन ३१ बलमा १ चौका र २ छक्कासहित ४२ रनमा नटआउट रहेका थिए। ओपनर जर्ज मुन्सेले ३५ रन बनाउदा म्याथु क्रसले १८ रन बनाएका थिए ।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले २ विकेट लिएका थिए। एष्टोन अगर, नाथल इलिस र आडम जम्पाले समान १ विकेट झारे।




भर्खरै