४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र आयरल्याण्डको खेल वर्षाले रद्द, पाकिस्तान बाहिरियो



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपमा अमेरिका र आयरल्याण्डको खेल वर्षाका कारण रद्द भएको छ । दुवै टोलीले एक–एक अंक पाएका छन् ।

यस्तो अवस्थामा समूह ‘ए’ बाट आयोजक अमेरिकी टोली सुपर–८ मा छनोट भएको छ भने २००९ को च्याम्पियन पाकिस्तान लिग चरणबाटै बाहिरिएको छ ।

सुपर ८ मा पुगेर अमेरिकाले सन् २०२६ मा भारत र श्रीलंकाको आयोजनामा ​​हुने टी–२० विश्वकपका लागि छनोट भएको छ ।

खेल शुक्रबार राति ८ बजेबाट फ्लोरिडाको लडरहिलमा खेल्ने भनिएपनि खेलअघि नै पानी पर्न थाल्यो । केही बेर वर्षा रोकिएपछि अम्पायरले तीन पटक मैदानको निरीक्षण गरेका थिए । अन्ततः आउटफिल्ड भिजेको कारण खेल रद्द गर्ने निर्णय गरियो ।