२ भाद्र २०८३, मंगलवार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा सवै प्रतिवन्ध हटाउने निर्णय फेब्रुअरी ११ देखि लागू हुने



अ+ अ-

लण्डन । बेलायतमा कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि लगाइएका सवै प्रतिवन्धात्मक व्यवस्था हटाइने भएको छ । 

अर्को महिना फेब्रुअरी ११ देखि सवै प्रतिवन्धात्म कव्यवस्था हटाउने निर्णय लागू नै हुने अधिकारीहरूले जानकारी दिएका छन् । 

प्रतिवन्धात्मक व्यवस्था हटाइएसँगै भारतलगायतका देशबाट बेलायत प्रवेश गर्नलाई पनि अव खुल्ला हुने भएको छ । तर ती यात्रुहरूले खोपको पुरा मात्रा लगाएको हुनुपर्ने शर्त भने राखिएको छ ।

यातायात विभागर स्वास्थ्य तथा सामाजिक सुरक्षा विभागले सूचना जारी गर्दै आगामी फेब्रअरी ११ तारिखको विहान ४ बजेदेखि सवै प्रतिवन्धात्मक व्यवस्थाहरु हट्ने स्पष्ट पारेको छ ।

पुरा मात्राको खोपलगाएका विदेशबाट आएका यात्रुहरुले पनि त्यो दिनदेखि आइसोलेसनमा बस्नु नपर्ने र पिसिआर परीक्षणको नतिजा देखाउनु नपर्ने सूचनामा उल्लेख गरिएको छ ।

त्यसैगरी १२ बर्षदेखि १५ बर्षसम्मका बालबालिकाहरुलाई भने इङ्गल्याण्डमा हिडडुल गर्नका लागि खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था गरिएको छ ।

यात्रासम्वन्धी धेरै नीति फेबु्रअरीदेखि परिवर्तन हुने भएको छ । यही बेलामा सरकारले सवैलाई अतिरिक्त खोपको व्यवस्था गर्ने लक्ष्य राखेको छ ।