• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   इंग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत टी–२० विश्वकपको फाइनलमा ★   झापामा खोलाले बगाउँदा दुई बेपत्ता ★   नेपाल-भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्नेमा जोड ★   घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य ★   चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ ★   प्रमिश ! मैले जीवनको परिभाषा जानिन ★   बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी ★   नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा ★   सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने एकीकृत समाजवादीको निर्णय ★   लामखुट्टेलाई भगाउन घर वरिपरि रोप्नुहोस् यी बोटबिरुवा

गोलीबारी मामिलामा सलमानले भने – मलाई निशाना बनाइएको छ



एजेन्सी । अप्रिल १४ मा सलमान खानको बान्द्रास्थित घर ग्यालेक्सी अपार्टमेन्टमा गोली चलेको थियो । घटनाको दुई महिनापछि सलमानले मुम्बई प्रहरीलाई बयान दिएका छन् ।

सलमानले प्रहरीलाई भने– ‘मलाई बारम्बार विभिन्न व्यक्तिले निशाना बनाइराखेका छन् । यसअघि पनि पटकपटक धम्की आएका छन् र जरिवाना पनि लगाइएका छन् । म धेरै मामिलामा फसेको छु । म निराश छु । मलाई अदालतबाट सजाय भइसकेको छ ।’

अप्रिल १४ का दिन बिहान गोली चलेको आवाज सुनेर ब्युँझिएको अभिनेताले बताए । ‘तिनीहरू बालकनीमा आए, तर त्यहाँ कोही थिएन ।’ उनले भने ।

सन् १९९८ मा फिल्म ‘हम साथ साथ हैं’ को सुटिङका ​​क्रममा सलमानले कालो हरिणको शिकार गरेका थिए । त्यसयता लरेन्स गिरोहले सलमानलाई लगातार निशाना बनाउँदै आएको छ ।

मुम्बई प्रहरी स्रोतका अनुसार १४ अप्रिलमा दुई बाइक सवार आक्रमणकारीले सलमानको घरमा ७.६ बोरको बन्दुकबाट ४ राउण्ड फायर गरेका थिए । फरेन्सिक विज्ञहरूले घटनास्थलबाट एउटा लाइभ गोली फेला पारेका थिए । लरेन्स समूहले यस आक्रमणको जिम्मेवारी लिएको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा ६ जना अभियुक्तलाई पक्राउ गरेको थियो । घटनामा पक्राउ परेका अनुज थापानले प्रहरी हिरासतमै झुण्डिएर आत्महत्या गरेका छन् । यस घटनामा गोली चलाउनेहरूलाई अनुजले हतियार उपलब्ध गराएका थिए । अभियुक्त अनुज थापानको आत्महत्या प्रकरणको अनुसन्धान राज्य सिआइडीलाई बुझाइएको छ ।