• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको छ: सांसद सिंह



काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताउनुभएको हो । उहाँले जो सरकारमा आएपनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने गरिएको र आफ्नो मान्छे भर्ती गर्ने गरिएको बताउनु भयो । उहाँले राजनीतिक नियुक्तिलाई दलीय आकांक्षा र दलीय स्वार्थको बनाउनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जो सरकारमा आएपनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने । त्यहाँ दुहुनो गाईजस्तै भएको छ की, जो आयो आफ्नो मान्छे छिराउने, त्यहाँ दुहुने, अर्को सरकार आयो फेरि छिराउने । यस्तो नगरौँ । राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ । राष्ट्रिय स्वार्थको बनाऔँ । जनस्वार्थको बनाऔँ । राष्ट्रिय स्वार्थ बलियो भयो भने हामी त्यत्तिकै बलियो हुन्छौँ ।’

सांसद सिंहले इन्टरनेटको पहुँच गाउँ गाउँमा पुर्‍याउनुपर्ने बताउनु भयो । उहाँले तराईका पछाडी परेका समुदायसमक्ष सञ्चारको पहुँच सहज रुपमा पुर्‍याउनुपर्ने बताउनु भयो ।