४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका नेताहरूमाथि गृहमन्त्रीले लगाएको आरोपमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ: कांग्रेस



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिमा नेपाली कांग्रेसले प्रधानमन्त्रीको जवाफ माग गरेको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेले कांग्रेस नेताहरूमाथि लगाएको आरोपमाथि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन् ।

‘प्रधानमन्त्री सदनमा देखिराख्नुभएको छैन। केही समय पहिला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो सदनमै रहेको नेताहरूमाथि अत्यन्तै ज्यादा लाञ्छनापूर्ण आफ्ना अभिव्यक्तिहरू दिनुभयो। हामीले प्रधानमन्त्रीसँग उहाँले अभिव्यक्त गर्नुभएको कुरामा जवाफ दिनुपर्छ भनेर माग गरेका छौँ।’, उनले भने, ‘हामीले माग गरेको विषयमा तयारी गरेर बस्नुभएको हो कि ? त्यो तयारी सकिएपछि मात्रै एकैचोटी जवाफ दिन्छु भनेर आउनुहुने हो कि ?अथवा त्यसको जवाफ दिन नसकेर डराएर भाग्न खोज्नुभएको हो कि ?मैले के अनुमान गर्ने ?’

साथै, उनले प्रधानमन्त्रीको भारत तथा राष्ट्रपतिको विदेश भ्रमणबारे आगामी बैठकमा सदनलाई जानकारी गराउन सभामुख देवराज घिमिरेबाट रुलिङ माग गरे ।‘प्रधानमन्त्रीले यही संसदलाई बिर्सनुभयो कि १ प्रधानमन्त्री कुनै पनि भ्रमणमा जाँदा जानु अगाडि जानकारी गराउने परम्परा छ । एक हप्ता पहिले जानुभएको हो । फर्किएर आएको पनि पाँच दिन भयो । हामी कुरेर बसेका थियौं, प्रधानमन्त्रीले जानकारी गराउनु भएन’, उनले भने ।