५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित



अ+ अ-

काठमाडौँ । कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ । निश्चित समय मन्दिरमा बसेपछि उहाँहरु सामान्य जीवनमा फर्कनुहुन्छ । यिनै कुमारीको मनोभाव समेटिएको नाटक ‘अग्निच्क्षु’ बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा दुई सातादेखि मञ्चन भइरहेको छ ।

नाटकको लेखन चन्द्रप्रसाद पाण्डेयले गर्नुभएको छ भने निर्देशन एवं परिकल्पना झकेन विसीको रहेको छ । बाल्यकालदेखि देविकैरुपमा पुजिँदै आएकी कुमारी किशोर अवस्थामा आएपछि सामान्य जीवत बिताउनुपर्दाको क्षण कस्तो हुन्छ होला रु कुमारीपछिको सङ्घर्षपूर्ण जीवन नाटकमार्फत प्रस्तुत गरिएको छ ।

नाटकमा कुमारी इतिहाससँगै उनीहरुले भोग्नुपरेको सामाजिक सङ्घर्ष उजागर गर्न खोजिएको छ । बाल्यकालदेखि किशोरी अवस्थामा आउँदा मनोवैज्ञानिकरुपमा के–कस्ता असर पर्छन् रु यिनै भावलाई कलाकारले अभियनमा उतारेको कलाकार सङ्गीता उराँवले बताउनुभयो ।

“एउटी युवतीले समाजमा थुप्रै भूमिका निर्वाह गर्नुपर्ने अवस्था यो नाटकका माध्यमबाट देखाउन खोजिएको छ”, उहाँले भन्नुभयो, “छोरीलाई देवी नै बनाए पनि विभिन्न हिंसाजन्य गतिविधिबाट पीडित हुँदै आएकी छन् । यसलाई चिर्न सङ्घर्ष गरिरहेको अवस्था पनि नाटकले देखाउन खोजेको अर्को महत्वपूर्ण पाटो हो ।”

नाटकका लेखक चन्द्र पाण्डेले काठमाडौँमा बाहिरबाट आएका मान्छेले कुमारीको इतिहास र पृष्ठभूमिबारे खासै थाहा नपाएको बताउनुभयो । संस्कार संस्कृति र इतिहास नाटकमार्फत देखाउने इच्छा गर्दै जाँदा उहाँले कुमारीबारेमा अध्ययन गर्नुभयो ।

इतिहास खोतल्दा कुमारी एउटी शक्तिशाली, समर्पित र ऊर्जावान देवीको प्रतीक पाएको उहाँले बताउनुभयो । यतिधेरै पौराणिक इतिहास बोकेको कुमारी संस्कृतिलाई नाटकमार्फत देखाउन उहाँले लेखन थाल्नुभएको हो । “कुमारी संस्कृति युवा पुस्तामा बुझ्न र बुझाउन जरुरी छ”, उहाँले भन्नुभयो, “यस विषयमा नाटक लेख्दै गर्दा आधुनिक युवतीले कुमारी सङ्केत गर्दै भाग्नुपरेको वेदना पनि समेटेको छु ।”

नाटकमा कलाकार मञ्जु श्रेष्ठ, सङ्गीता उराँव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धीरज थापामगर, शान्ता प्रजापति, राजेन्द्र डङ्गोल, एअरिका चौलागार्इं९बालकलाकार०ले अभिनय गर्नुभएको छन् । अनुप तिमिल्सिनाले सङ्गीत परिकल्पना तथा संयोजन गर्नुभएको छ भने पूजा विश्वकर्मा, इन्द्रमान महर्जन, प्रतीक प्रजापति, ब्रोसिन ब्रोज महर्जनले नाटकमा प्रत्यक्ष सङ्गीत दिनुभएको छ ।

नाटकको नेपथ्यमा झकेन विसी, मञ्च निर्माणमा निराजन डोटेल र हिमाल भुजेल, सञ्चार संयोजकमा किरण पराजुली, निर्माण नियन्त्रणमा सरस्वती न्यौपाने, पोस्टरमा राजन काफेले, कोरियोग्राफीमा जेडी तमु, वेषभूषामा अग्निचक्षु समूह, बजार व्यवस्थापनमा चक्रप्रसाद पोखरेल, प्रकाश परिचालन एवं मञ्च प्रबन्धमा हिमाल भुजेलले गर्नुभएको छ । नाटक शुक्रबारसम्म मञ्चन हुने जनाइएको छ ।