• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   इंग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत टी–२० विश्वकपको फाइनलमा ★   झापामा खोलाले बगाउँदा दुई बेपत्ता ★   नेपाल-भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्नेमा जोड ★   घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य ★   चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ ★   प्रमिश ! मैले जीवनको परिभाषा जानिन ★   बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी ★   नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा ★   सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने एकीकृत समाजवादीको निर्णय ★   लामखुट्टेलाई भगाउन घर वरिपरि रोप्नुहोस् यी बोटबिरुवा

‘पुष्पा २’को प्रदर्शन मिति फेरि सर्यो



एजेन्सी । बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २’ को रिलिज मिति सारिएको छ । फिल्म सुरुमा अगस्ट १५ मा हलमा रिलिज हुने तय भएको थियो । तर पछिल्लो रिपोर्ट अनुसार यो दिन फिल्म रिलिज हुने छैन ।

प्राप्त जानकारीका अनुसार फिल्मको केही भागको छायांकन हुन बाँकी रहेकोले छायांकन हुन एक महिना लाग्न सक्छ । निर्माण पक्षले जुलाईको अन्त्यसम्ममा यसको छायांकन सक्नेछ । त्यसपछि पोस्ट–प्रोडक्सनको काम सुरु हुनेछ ।

यद्यपि, रिलिज मिति परिवर्तनको बारेमा निर्माताहरूले आधिकारिक घोषणा गर्न बाँकी छ । योसँगै फिल्म कुन मितिमा रिलिज हुने भन्ने बारे पनि कुनै जानकारी आएको छैन ।

गत बुधबार ट्रेड एक्सपर्ट तरण आदर्शले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै अक्षय कुमारको फिल्म ‘खेल खेल मे’ १५ अगस्टमा रिलिज हुने तयारी भएको जानकारी दिएका थिए । यो चलचित्रलाई मुदस्सर अजिजले निर्देशन गर्दैछन् । फिल्ममा अक्षय बाहेक फरदीन खान, वाणी कपूर, तापसी पन्नु जस्ता कलाकारहरु देखिनेछन् ।

२०२१ मा रिलिज भएको ‘पुष्पाः द राइज’ वर्षको सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बन्यो । सबै संस्करणहरू सहित, यो फिल्मले लाइफ टाइम इन्डियामा ३१३ करोड र विश्वव्यापी रूपमा ३५० करोडको व्यापार गर्‍यो । सबैभन्दा धेरै कमाउने तेलुगु फिल्मको सूचीमा यो छैठौं नम्बरमा छ ।