१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप्पड हानेको घटनापछि कंगना सद्गुरुको शरणमा पुगिन्



अ+ अ-

एजेन्सी । थप्पड हान्ने घटनापछि हिमाचल प्रदेशको मण्डीबाट सांसद निर्वाचित भएकी कंगना रनावत सद्गुरुको कोइम्बटूर आश्रम पुगेकी छिन् ।

अभिनेत्रीले इन्स्टाग्राममा एउटा तस्विर शेयर गरेकी छिन् । जसमा उनी सद्गुरुको आशीर्वाद लिएर बसेको देखिन्छ ।

इशा फाउन्डेशन सेन्टरको क्याम्पसमा घुम्ने क्रममा उनले सेतो बोर्डर र मोटिफसहितको हल्का गुलाबी रंगको साडी लगाएकी थिइन् । उनले ईशा फाउन्डेशन सेन्टरलाई आफ्नो खुसीको ठाउँ पनि बताइन् । यसअघि कंगना आदियोगीलाई भेट्न आएकी थिइन् ।

कंगना धेरै आध्यात्मिक छिन् । उनी प्रायः मन्दिर जान्छिन् र मौका मिल्दा सद्गुरुको आशीर्वाद लिन जान्छिन् । इन्स्टाग्राममा सेयर गरिएको तस्विरमा सद्गुरु कुर्सीमा बसिरहेका छन् र अभिनेत्री उनी नजिक बसेर मुस्कुराइरहेको देखिन्छ । अभिनेत्रीको यो तस्विरले फ्यानहरुको ध्यान तानिरहेको छ ।

पछिल्लो समय उनको जीवनमा धेरै परिवर्तन आएको छ । उनले मण्डी लोकसभा सीटमा आफ्ना प्रतिद्वन्द्वी विक्रमादित्य सिंहलाई ७४,७५५ मतले पराजित गर्दै विजयी भएकी हुन् । यो जितले निकै भावुक भइन् र आफ्नो मातृभूमिले आफूलाई फिर्ता बोलाएको अभिनेत्रीले बताइन् ।

कंगना मण्डी लोकसभा सिटबाट जितेपछि चण्डीगढबाट दिल्ली गइन् । त्यसपछि विमानस्थलमा सुरक्षा जाँचका क्रममा सीआईएसएफकी एक महिला कन्स्टेबलसँग झगडा भयो र उनले कंगनालाई थप्पड हानेकी थिइन् ।

सीआईएसएफ महिला जवानले थप्पड हानेको भिडियो सार्वजनिक भएको छ । महिला प्रहरी जवानको नाम कुलविन्दर कौर हो । यो घटनापछि उनलाई जागिरबाट निलम्बन गरिएको छ ।