३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले आफ्नालाई पठाउन विभिन्न देशको राजनीतिक फिर्ता बोलाउने गलत निर्णय गर्‍यो: काँग्रेस



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विभिन्न देशका राजदुतहरु हटाउने गलत निर्णय गरेको टिप्पणी गर्नुभएको छ ।

मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उहाँले राजनीतिक पूर्वाग्रह साँधेर सरकारले भारत, अमेरिकालगायतका देशको हितमा काम गरिरहेका राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेर गल्ती गरेको बताउनुभएको हो ।

प्रवक्ता महतले सरकारले देशको लागि नभई आफ्नो मान्छे पठाउनका लागि विभिन्न देशको राजदुत फिर्ता बोलाउने निर्णय लिएको आरोप पनि लगाउनु भयो । सरकारले देशको लागि काम गर्ने नभई आफ्नालाई पठाउन राजदुत फिर्ता बोलाउने निर्णय लिएको उहाँको भनाई थियो । प्रवक्ता महतले नेपालको हितमा काम गरिरहेका राजदुतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय उचित नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भारत सरकारले नियन्त्रणा गर्‍यो, उहाँ जानु भयो । त्यसमा त मलाई केही भन्नु छैन । अव प्रतिफलमुखि हुने भनेको चाँही हामी आफैमा निर्भर छ । हामीले आफ्नो आवश्यक्ता, आफना कुराहरुलाई ठिक ढंगले राख्न सक्यौ भने, बुझाउन सक्यौ भने, तर्कपूर्ण तरिकाबाट प्रस्तुत हुन सक्यौं भने हाम्रो मूलभूत राजनीतिको समस्या के छ भने हामीमा आत्माविश्वासको कमी छ । कहिलकाँही हामी चाहिनेभन्दा बढि प्रतिक्रिया दिन्छांै । कहिले हामी बोल्नुपर्ने ठाउँमा पनि बोल्दैनौं । यो जुन प्रवृत्ति छ । त्यसले नेपालको जुन हैसियत विकसित गर्नुपर्ने हो । र, आफ्ना राष्ट्रिय स्वार्थहरुलाई प्रोटेक्ट गर्नुपर्ने हो, त्यो गर्न सकेका छैनौ ।’

‘जस्तो उहाँहरुले तमाम राजदुतहरुलाई हटाउनु भयो । अव अमेरिका, बेलायत, भारतका राजदूतहरु अत्यन्तै प्रोफेशनल हुन । जसले नियुक्ती गरेको भएपनि उहाँहरु नियुक्ति गर्नेहरुप्रति लोयल होइन, देशको प्रतिनिधित्व गरिरहनुभएको छ । जुनसुकै सरकार भएपनि देशको हितका लागि उहाँहरुले काम गरिरहनुभएको छ । त्यसको बाबदुत यो जसरी गरियो पूर्वाग्रहपूर्ण तरिकाबाट । यो अत्यन्त व्यवसायिक हैसियत राख्ने केही महत्वपूर्ण राजदूतहरु हुनुहुन्छ । उहाँहरुले सिर्फ नेपालको हित कसरी हुन्छ ? भनेर काम गरिरहनु भएको छ । उहाँहरुले कुन पार्टीको सरकार भनेर काम गरिरहनुभएको छैन । तापनि यो सरकारको के प्राथमिकता भयो भने मेरो मान्छे पठाउनु पर्‍यो । देशको लागि काम गर्ने मान्छे होइन । मेरो मान्छे त्यहाँ पठाउनु पर्‍यो भन्ने मान्यताबाट यो निर्णय भएको छ । यो गलत छ । र यो भ्रमणको शिलशिलामा हुने भनेको त झन राम्रो होइन । ’

प्रवक्ता महतले प्रधानमन्त्रीको भारत भ्रमणअघि सो निर्णय लिनु झनै उपयुक्त नभएको प्रतिक्रिया पनि दिनुभयो ।