• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

आईसीसीले नेपालको स्क्वाडमा राख्यो सन्दीपको नाम



file photo: can

काठमाडौँ । इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले अमेरिका र वेस्ट इन्डिजमा जारी पुरुष टी– २० क्रिकेट विश्वकपका लागि नेपाली टिममा स्पिनर सन्दीप लामिछानेको नाम राखेको छ ।

आईसीसीले मंगलबार सन्दीपको नाम राखेसँगै नेपाली टिममा १६ खेलाडी अटाएका छन् ।

सन्दीप नेपाली टिममा परेपनि बुधबार बिहान अमेरिकामा हुने श्रीलंकाविरुद्धको खेलमा अनुपस्थित हुनेछन् ।

अमेरिकाले भिसा नदिएका कारण सन्दीपले अमेरिकामा नेपालको दुवै खेल गुमाउने पुगेका हुन् । उनले वेस्ट इन्डिजमा हुने दुवै खेलमा सहभागी हुन पाउने भएका छन् ।

नेपालले वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्नेछ ।

नेपाली टोली:

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख(विकेटकिपर), अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सन्दीप जोरा, सोमपाल कामी, सन्दीप लामिछाने, प्रतिस जिसी, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी ।