• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

फिफा विश्वकप छनोट: नेपालले यमनसँग खेल्दै



file photo

काठमाडौं । फिफा विश्वकप छनोट २०२६ को दोस्रो चरणको अन्तिम खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ । साउदी अरेबियाको प्रिन्स मोहम्मेद बिन फाद रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ११:४५ बजेदेखि सुरू हुनेछ ।

यसअघि नेपालले यही मैदानमा यूएईसँग खेलेको थियो । उक्त खेलमा नेपाल ४–० ले पराजित भएको थियो ।

पाँच खेल खेल्दा अंकविहीन रहँदै नेपाल तालिकाको पुछारमा छ । छनोटको दोस्रो चरणमा हालसम्म १८ गोल बेहोर्दा नेपालले एक गोल पनि गर्न सकेको छैन ।

जितविहीन नेपाल आज यमनलाई हराउदै सुखद् अन्त्यमा गर्न चाहन्छ । समान खेलबाट चार अंक जोडेको यमन तालिकाको चौथो स्थानमा छ ।

यसअघि दशरथ रंगशालामा भएको पहिलो लेगमा नेपाल यमनसँग २–० ले पराजित भएको थियो ।