२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका मुख्यमन्त्रीलाई माओवादी र एमालेले विश्वासको मत नदिने



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई नेकपा माओवादी केन्द्रले विश्वासको मत नदिने भएको छ ।

जारी प्रदेश सभा बैठकमा बोल्दै दलका नेता हरिबहादुर चुमानले समर्थन नगर्ने घोषणा गरेका हुन् ।

‘सङ्घीयता कार्यान्वयन गर्न माओवादी प्रतिबद्ध छ,’ उनले भने, ‘हामीले विश्वासको मत नदिने निर्णय गरेका छौँ । संसदमा सबैले विपक्षमा मतदान गर्छौं । हाम्रा सबै सदस्यलाई लागू हुन्छ ।’

यस्तै, नेकपा एमालेले पनि मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने भएको छ । दलका नेता खगराज अधिकारीले विश्वासको मत नदिने जनाएका हुन् ।