• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

बजेटको अभावमा सवारी दुर्घटना न्युनिकरणको काम प्रभावकारी हुन सकेन: उपप्रधानमन्त्री महासेठ



काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री रघुवीर महासेठले बजेटको अभावमा सडक दुर्घटना न्युनिकरणको कामलाई प्रभावकारी बनाउन नसकिएको बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकमा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । उपप्रधानमन्त्री महासेठले आगामी आर्थिक वर्षको बजेटमा भने सडक दुर्घटना न्युनिकरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको दाबी पनि गर्नुभयो । उहाँले संविधान अनुसार सडकमा हुने दुर्घटना न्युनिकरणको काम प्रदेश सरकारलाई जिम्मा दिइएको र संघीय सरकारले त्यसका लागि आवश्यक ऐन, कानून बनाउने काम गरिरहेको बताउनु भयो । उपप्रधानमन्त्री महासेठले सवारी साधन अनुमति पत्र (लाईसेन्स) दिन काममा पनि प्रदेश सरकारलाई संघीय सरकारले हस्तक्षेप नगर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो मन्त्रालयले पनि, सडक विभागले पनि जुन प्रकारले त्यसको व्यवस्थापन सक्नुपर्ने हो, मैले अघि पनि भने–अर्थको अभावमा हुन सकिरहेको छैन । तर यसपाली २०८१/८२ को बजेटमा हामीले यी कुराहरुको व्यवस्थापनको लागि पनि बजेट छुट्याएका छौं । खासगरी नेपालजस्तो देशमा अहिलेसम्म हामीले इन्टेलिजेन्टी ट्राफिक सेवाहरु ल्याउन सकेका छैनौं । जसले यस्ता दुर्घटनाहरुलाई कन्ट्रोलहरु गर्ने, हामीले ठाउँ ठाउँमा जुन साईनहरु दिनुपर्ने थियो, जुन सुरक्षालाई ध्यानमा राखेर सूचना बोर्डहरु राख्नुपर्ने थियो, विज्ञापनमार्फत जनताको बीचमा लैजानुपर्ने थियो । यात्रीहरुको बीचमा त्यो सूचना लैजानुपर्ने थियो । त्यो हामीले गर्न सकिराखेका छैनौं । अहिले हामीले शुरुवात गरेका छौं । अब यसलाई रोक्नलाई के समस्या छ भने हिजोसम्म यातायात व्यवस्थाका सम्पूर्ण नेटवर्क संघीय सरकारको मातहतमा थियो । अहिले संविधानको भावना अनुसार सो काम प्रदेश सरकारलाई जिम्मा लगाइएको छ । अव हाम्रो जुन यातायात व्यवस्था विभाग छ । त्यो विभागको काम भनेको ऐन बनाउने र कार्यान्वयनका लागि तल पठाउने हो । लाईसेन्स दिने काम पनि अब तलबाटै हुन्छ । त्यसमा संघीय सरकारको कुनै हस्तक्षेप हुँदैन । हामीले पटक पटक उहाँहरुलाई निर्देशन दिईरहेका हुन्छौँ ।’

उपप्रधानमन्त्री महासेठले संघीय सरकारले सडक दुर्घटनाबाट हुने क्षति न्यूनिकरणका लागि पनि सक्दो काम गरिरहेको बताउनु भयो ।