२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कंगनालाई कसले हान्यो एयरपोर्टमा थप्पड ? साथ दिँदै पूर्वप्रेमी ऋतिक



अ+ अ-

एजेन्सी । ६ जुनमा बलिउड अभिनेत्री तथा लोकसभा सांसद कंगना रनावतलाई चण्डीगढ एयरपोर्टमा सीआईएसएफकी महिला कन्स्टेबलले थप्पड हानेकी थिइन् ।

अनुपम खेर, शबाना आजमी जस्ता केही सेलिब्रेटीहरू बाहेक बलिउड कुनै पनि स्टारले यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन् तर अब कंगनाका पूर्व प्रेमी ऋतिक रोशनले पनि यसबारे प्रतिक्रिया दिएका छन्, जससँग कंगनाको कहिलेकाहीँ विवाद हुने गरेको छ ।

हालै पत्रकार फये डिसुजाले कंगना रनावतको समर्थनमा एक पोस्ट सेयर गरेकी छिन् । उनले पोस्टमा लेखेका छन्, ‘सांसद कंगना रनावतलाई एयरपोर्टमा थप्पड हानिएको छ । हिंसा कुनै पनि कुराको जवाफ हुन सक्दैन । विशेष गरी गान्धीको अहिंसाको विचारधारालाई पछ्याउने देशमा । हाम्रो सोच के हो र कसले के कथन दियो त्यो फरक पर्दैन । हामी कसैलाई हिंसाको जवाफ दिन सक्दैनौं ।’

पत्रकार फाये डिसुजाको यो पोस्टमा धेरै बलिउड सेलिब्रेटीहरूले प्रतिक्रिया दिएका छन्। प्रतिक्रिया दिनेमा ऋतिक रोशनको नाम पनि परेको छ । ऋतिक बाहेक आलिया भट्ट, भूमि पेडनेकर, सोनी राजदान, सोनाक्षी सिन्हा, एकता कपूर, अर्जुन कपुरले पनि पोस्टमा प्रतिक्रिया दिएर समर्थन गरेका छन् ।

कंगना रनावत र ऋतिक रोशन एक समय रिलेशनशिपमा थिए । दुबै काइट्स र क्रिस ३ मा सँगै देखिएका थिए । तर, केही महिनामै दुवैको ब्रेकअप भयो । सन् २०१६ मा ऋतिक रोशनले कंगनाविरुद्ध छल र उत्पीडनको उजुरी दिएका थिए । यस प्रकरणपछि कंगनाले ऋतिकमाथि काउन्टर प्रहार गर्दै ऋतिक रोशनले आफ्नो अफेयर लुकाउनका लागि यो सबै गरिरहेको बताएकी छिन्, ताकि आफूलाई डिभोर्समा फाइदा मिलोस् ।

त्यतिबेला ऋतिक रोशन र सुजैन खानको सम्बन्धविच्छेद हुन लागेको थियो । केही महिनादेखि चर्चामा रहेको यो मुद्दा प्रमाणको अभावमा अदालतले बन्द गरेको थियो । कंगनाले आप कोर्टमा ऋतिकमाथि धेरै आरोप लगाएकी थिइन् ।