२० भाद्र २०८३, शनिबार
,
Latest
रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैभन्दा कम र सबैभन्दा धेरै जनसङ्ख्या भएको गाउँपालिका नार्पाभूमि र बैजनाथपुर



अ+ अ-

काठमाडौँ । नेपालको जनगणना २०७२ अनुसार मनाङको नार्पाभूमि सबैभन्दा कम जनसङ्ख्या हुने गाउँपालिका भएको छ । नार्पाभूमिको जनसङ्ख्या ४४२ मात्र रहेको छ । मनाङ जिल्लाकै अन्य गाउँपालिका पनि कम जनसङ्ख्या भएका गाउँपालिकामा परेका छन् । सो जिल्लाका ङिस्याङ र नासों कम जनसङ्ख्या भएका गाउँपालिका हुन् । हिमालपारिको अर्को जिल्ला मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका पनि कम जनसङ्ख्या भएको गाउँपालिका भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

विभागले सबैभन्दा धेरै जनसङ्ख्या बाँकेको बैजनाथपुर रहेको उल्लेख गरेको छ । बैजनाथपुर गाउँपालिकाको जनसङ्ख्या ७० हजार ३१५ रहेको छ । बाँकेकै राप्ती सोनारी र खजुरा तथा रुपन्देहीको मायादेवी र कपिलवस्तुको मायादेवी गाउँपालिका सबैभन्दा धेरै जनसङ्ख्या रहेका गाउँपालिका हुन् । विभागका अनुसार १० हजारभन्दा कम जनसङ्ख्या रहेका गाउँपालिकाको सङ्ख्या १० र ५० हजारभन्दा बढी जनसङ्ख्या रहेका गाउँपालिका १५ रहेका छन् ।

बुधबार विभागले नेपालको जनगणना २०७२ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । विभागले नेपालको जनगणना २०७२ अनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ जनाएको छ ।