२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११९ ग्राम सुनसहित चार जना पक्राउ



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलिको सुनसहित चार जना पक्राउ परेका छन् । प्रहरीले दुई फरक फरक समुहबाट ११९ ग्राम ९९ मिलिग्राम सुन बरामत गरेको हो ।

प्रहरीले मोरङ घर भएका ३१ वर्षीय सरोज कोइराला र रौतहट घर भएका २४ वर्षीय मोहम्मद इन्तेयाज आलमको साथबाट ६९ ग्राम ९९ मिलिग्राम ग्राम सुन बरामद गरेको हो ।

यस्तै, सप्तरी घर भएका २१ वर्षीय मोहम्मद अरमान र ३७ वर्षीय ज्याउदिन मिंयाको साथबाट ५० ग्राम सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी रामदत्त जोशीले बताए ।

कतार एयरको उडानबाट भन्सार छलेर ल्याएको सुन आलमलाई दिने क्रममा कोइराला पक्राउ परेका हुन् । यस्तै, दोहाबाट आएका ज्याउदिनले अरमानलाई सुन दिने क्रममा पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूमाथि आवश्यक अनुसन्धान तथा कारबाहीको लागि विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।