२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११९ ग्राम सुनसहित चार जना पक्राउ



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलिको सुनसहित चार जना पक्राउ परेका छन् । प्रहरीले दुई फरक फरक समुहबाट ११९ ग्राम ९९ मिलिग्राम सुन बरामत गरेको हो ।

प्रहरीले मोरङ घर भएका ३१ वर्षीय सरोज कोइराला र रौतहट घर भएका २४ वर्षीय मोहम्मद इन्तेयाज आलमको साथबाट ६९ ग्राम ९९ मिलिग्राम ग्राम सुन बरामद गरेको हो ।

यस्तै, सप्तरी घर भएका २१ वर्षीय मोहम्मद अरमान र ३७ वर्षीय ज्याउदिन मिंयाको साथबाट ५० ग्राम सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी रामदत्त जोशीले बताए ।

कतार एयरको उडानबाट भन्सार छलेर ल्याएको सुन आलमलाई दिने क्रममा कोइराला पक्राउ परेका हुन् । यस्तै, दोहाबाट आएका ज्याउदिनले अरमानलाई सुन दिने क्रममा पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूमाथि आवश्यक अनुसन्धान तथा कारबाहीको लागि विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।