• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

आठौं प्रधानमन्त्री कप भलिबल लिगः पुलिस र हेल्प नेपाललाई उपाधि



काठमाडौँ । आठौं प्रधानमन्त्री कप भलिबल लिगमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लवले जितेको छ ।

पुलिसले लिगमा अपराजित रहँदै फाइनल पुगेको एभरेष्ट भलिबल क्लव बुटवललाई ३–२ ले पराजित गरेको हो । पुलिसले एभरेष्टलाई २५–२१, २५–२३, २०–२५, २०–२५ र १५ –१२ को सेटमा पराजित गरेको हो ।

पहिलो र दोस्रो सेटमा लगातार जित हात पारेको पुलिसले तेस्रो र चौथो सेट भने गुमायो । पाचौं सेट जित्दै डिफेन्डिङ च्याम्पियन पुलिसले उपाधि रक्षा गरेको हो । शनिव नै भएको पुरुष तर्फको फाइनल खेलमा टिप टप हेल्प नेपाल विजयी भएको छ ।

गण्डकी प्रदेशलाई हेल्प नेपालले ३—१ ले पराजित गरेको हो । गण्डकीलाई हेल्प नेपालले २५—२२, २५—२०, २५—२०, २५—२० को सेटमा पराजित गरेको हो ।