२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

मोबाइलको ब्याट्री चाँडै सकिएर हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यी ५ उपाय

मोबाइलको ब्याट्री चाँडै सकिएर हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यी ५ उपाय
अ अ+ अ-

काठमाडौँ। आजको व्यस्त समयमा, स्मार्टफोन बिना जीवनको कल्पना गर्न पनि गाह्रो हुन्छ। मानिसको लागि फोन नै उसको एक भरपर्दो साथी भएको छ। समय कटाउन, जानकारी संकलन गर्न वा मनोरञ्जनका थुप्रै किसिमका क्रियाकलाप गर्न फोन अहिलेको समयमा मानिसको लागि अपरिहार्य बनेको छ।

फोनको लगातार प्रयोगका कारण हामीसँग फोनलाई पूर्णरुपमा चार्ज हुन दिन पनि समय हुँदैन। यस्तो अवस्थामा ब्याट्रीको अभावमा फोन छिट्टै स्विच अफ हुने गर्दछ, जसकाकारण हाम्रा महत्वपूर्ण कलहरु छुट्न सक्छन्। त्यसैले, फोनको ब्याट्रीलाई लामो समयसम्म जोगाइराख्न अपनाउनुहोस् यी ५ उपाय

१) डिस्प्लेको ब्राइटनेस कम राख्नुहोस : फोनमा डिस्प्ले एक महत्वपुर्ण भूमिका खेल्छ। यदि फोनमा डिस्प्लेको गुणस्तर राम्रो भएन भने हामीले फोनमा हेर्ने सम्पूर्ण सामग्रीहरु गुणस्तरहिन देखाइदिन्छन्। फोनमा ब्याट्री लामोसम्म टिकोस् भन्ने चहानुहुन्छ भने फोनको डिस्प्लेको ब्राइटनेस कम राख्नुहोस्।

यसले गर्दा ब्याट्री कम खपत हुन्छ र ब्याट्री लामो समयसम्म टिक्छ। तर, उज्यालो ठाउँमा ब्राइटनेस कम राख्दा डिस्प्ले केहि नदेखिन सक्छ । यस्तो अवस्थामा फोनमा ब्राइटनेसको मात्रालाई फेरि बधाउनुहोस् र काम सकिएपछि फेरि यसलाई घटाएर राख्नुहोस्।

२) ब्लुटुथ र लोकेसन सर्भिसलाई अफ राख्नुहोस् : यदि फोनमा ब्लुटुथ र लोकेसन सर्भिस अन छ भने यसलाई तुरुन्त अफ गर्नुहोस् । फोनको यो सुबिधाले ब्याट्री एकदम चाँडो सकिन्छ। आवश्यक परेको खण्डमा यसको प्रयोग गरि फेरि यसलाई अफ मोडमा राख्नुहोस्। यसलाई तुरुन्त अफ गर्न क्विक एक्सेस प्यानलबाट गर्न सकिन्छ।

३) लाइब वालपेपर्सहरु प्रयोग नगर्नुहोस् : जब लाइब वालपेपर्सहरु प्रयोग गरिन्छ, तब उच्च फ्रिक्वेन्सीमा प्रदर्शनहरु डिस्प्लेमा अपडेट हुन्छन् । जसले गर्दा ब्याट्री धेरै खपत हुने र चाँडै सकिने गर्दछ।

यस्ता लाइब वालपेपर्सहरुले उच्च दरमा स्क्रिन रिफ्रेस गर्नुको साथै फोनका अन्य श्रोतहरू पनि प्रयोग गर्दछ। यस्तो अवस्थामा यसलाई बन्द गर्नाले फोनको ब्याट्री आयु लामो हुन्छ ।

४) ब्याकग्राउण्ड एप्सहरु बन्द गर्नुहोस् : जब हामी कुनै एउटा एप्स खोल्छौं र त्यसलाई बन्द नगरी सिधै होम स्क्रिनमा जान्छौं यस्तो अवस्थामा ति एप्सहरु ब्याकग्राउण्डमा चलिरहेका हुन्छन् । जसले गर्दा फोनको प्रोसेसरले पनि काम गरिरहेको हुन्छ। यस्तो अवस्थामा पनि ब्याट्री चाँडै सकिने गर्दछ।

५) ब्याट्री सेभर मोड अन गर्नुहोस् : यदि तपाईं कतै जादैं हुनुहुन्छ र ब्याट्री चार्ज गर्ने ठाउँ पाउनु भएको छैन । साथै तपाईंको फोनको ब्याट्री पनि सकिन लागेको छ भने अहिले आएका नयाँ मोडलका फोनहरुमा ब्याट्रीलाई बचाउने सुबिधा हुन्छ।

जसका कारण एक घण्टामा सकिने ब्याट्रीलाई बचाएर यस फिचरले २ घण्टासम्म लम्भ्याउन सक्छ। यसका साथै, यदि तपाईंलाई वाइफाई जस्ता अन्य फिचरको तत्काल आवस्यक नरहेको खण्डमा यस्ता फिचरलाई अफ गर्दा पनि ब्याट्री लामो समयसम्म टिक्दछ।