• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

विश्वकप छनोटः नेपाल यूएईसँग ४–० ले पराजित



काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो लेगमा पनि नेपाली राष्ट्रिय फुटबल टोलीले हार बेहोरेको छ ।

साउदी अरबको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा बिहीबार राति भएको दोस्रो लेगमा नेपाल यूएईसँग ४–० ले स्तब्ध बनेको हो । नेपाल पहिलो लेगमा यूएईसँग ४–० ले नै पराजित भएको थियो ।

युएईलाई जित दिलाउन हरिब अब्दुल्लाह सुहेलले दुई तथा अलि सलेह र अजेन मोहम्मदले समान एक–एक गोल गरे ।

विश्वकप छनोटमा लगातार पाँच खेलमा पराजित भएको नेपालले अंकको खाता खोल्न सकेको छैन । छनोटमा नेपालले १८ गोल खाँदा एक गोल पनि फर्काउन सकेको छैन ।

छनोट अन्तर्गत यमनविरुद्धको खेल पनि नेपालले साउदी अरबमा नै खेल्नेछ । यमनविरुद्धको दोस्रो लेग जेठ २९ गते हुनेछ । सो खेलपछि नेपालको विश्वकप छनोट यात्रा सकिनेछ ।

नेपालले यसअघि घरेलु मैदानको खराब अवस्थाका कारण बहराइनसँगको दुवै खेल उसकै मैदानमा खेलेको थियो ।