२० भाद्र २०८३, शनिबार
,
Latest
रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले १९ सिट नै जित्ने अध्यक्ष नेपालको दाबी



अ+ अ-

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव संविधान र कानूनअनुरुप हुनुपर्ने बताउनु भएको छ । 

बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताउनु भयो । उहाँले सत्तारुढ दलहरुबीच एकैपटक तीन वटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञहरुसँग बिस्तृत छलफल गरिरहेको बताउनु भयो । अध्यक्ष नेपालले आज (बुधवार) भइरहेको राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तरुढ गठबन्धनहरुले जित्ने दाबीसमेत गर्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिमा हाम्रो दलको राजनीतिले तरंग पैदा गरिरहेको छ । अहिले हामी ५ दलीय गठबन्धनमा छौँ । ५ दलीय गठबन्धनका सबै दलहरु मिलेर राष्ट्रियसभाको चुनावमा हामीले १९ जना उम्मेदवार खडा गरेका छौँ । आजबाट खालि रहेका राष्ट्रियसभा सदस्यहरुको १९ सिटका लागि ९ बजेबाट मतदान शुरु भइसकेको छ । ३ बजेसम्म मतदान हुनेछ । र सातै वटा प्रदेशमा हुने चुनावमा हाम्रो पार्टीबाट ५ जनालाई उम्मेदवारी दिएका छौँ । मोआवादी ५ जना, काँग्रेस ६ जना, राष्ट्रिय जनमोर्चा १ र जनता समाजवादीको २ जना गरी यसरी हामीले उम्मेदवार तयार गरेका छौँ । ती उम्मेदवारहरुको आज फैसला पनि हुनेछ । हामीलाई आशा छ । १८ वटा स्थानमा हामी नै हामी विजयी हुनेछौँ । त्यो परिणामले पनि तरंग पैदा गर्नेछ । 

तपाईहरु सुनिरहनु भएको छ कि स्थानीय तहको चुनाव कहिले गर्ने, संघीय चुनाव कहिले गर्ने ? प्रदेशसभाको चुनाव कहिले गर्ने ? यस बारेमा व्यापक वहस भइरहेको छ । यो वहसको सन्दर्भमा हाम्रो धारणा संविधानलाई सर्वोपरि राखेर, कानून अनुरुप नै चुनाव सम्पन्न हुनुपर्छ । यसो गर्दा एकै पटकमा तीन वटा नै तहको निर्वाचन गर्न सकियो भने राम्रो हुन्छ । किनभने एउटा चुनाव गराउँदा झन्डै ५ अर्ब रुपैयाँ खर्च हुन्छ । यो भन्दा पहिला ५ चरणमा चुनाव भएको थियो । त्यसमा झन्डै २५ अर्ब रुपैयाँ खर्च भएको थियो । यदी एकै चरणमा गर्ने हो भने ५ देखि १० अर्बमा चुनाव सकिन्छ । उम्मेदवारको पनि खर्च कम हुन्छ । त्यसका निम्ति हामी छलफल चलाइरहेका छौँ ।’

अध्यक्ष नेपालले राष्ट्रियसभाको १९ सिटको जितले अन्य तहको चुनावमा पनि तरंग पैदा गर्ने बताउनु भयो ।