२२ भाद्र २०८३, सोमबार
,
Latest
विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिचेल स्टार्कले इंग्ल्याण्डविरुद्धको खेल गुमाउने !



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाले २०२४ को टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । बिहिबार बिहान बार्बाडोसको केन्सिङ्टन ओभलमा भएको खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले हराएको हो । तर यो जितको खुसीसँगै तिब्र गतिका बलर मिचेल स्टार्कको चोटले अष्ट्रेलियाको क्याम्पको समस्या पनि बढाएको छ ।

स्टार्क खेलको क्रममा घाइते भएका थिए। खेलको बिचमा क्रयाम्प आएको स्टार्कले इंग्ल्याण्डविरुद्धको खेल गुमाउनेमा आशंका गरिएको छ ।

स्टार्कले ३ ओभरमा २० रन दिएर २ विकेट लिएका थिए । स्टार्कले इनिङ्सको पहिलो ओभरमै विकेट लिएका थिए । उनी १५ औं ओभरमा आफ्नो स्पेलको अन्तिम ओभर बल गर्न आएका थिए । पहिलो बल वाइड फ्याकेपछि उनी असहज देखिए ।

उनलाई क्रयाम्प भएपछि मैदानमा फिजियो पनि बोलाईएको थियो । तर उनी खेल्ने स्थितीमा नरहेपछि मैदानबाट बाहिरिए। उनको स्थानमा ग्लेन म्याक्सवेललाई १५ औं ओभर बलिङ गर्न दिईएको थियो ।

खेल पछि, कप्तान  मार्सले स्टार्कको बारेमा बोल्दै भने, ‘स्टार्सीलाई क्र्याम्प भएको थियो त्यसैले उनी बाहिर जान चाहन्थे। र उनी बाहिर गए । हामी इङ्ल्यान्डविरुद्ध खेल्न उत्साहित छौं।’

खेलमा ओमानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा १६४-५ रन जोडेको थियो । टोलीका लागि मार्कस स्टोइनिसले ३६ बलमा २ चौका र ६ छक्कासहित ६७ रन बनाए ।

जवाफमा लक्ष्य पछ्याएको ओमानको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १२५ रन मात्र बनायो । यस अवधिमा अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ३ विकेट लिए । उत्कृष्ट अलराउन्ड प्रदर्शनका लागि स्टोइनिसलाई ‘प्लेयर अफ द म्याच’को उपाधि दिइएको थियो ।